Author Archive

विकट गाउँमा १३ करोडको अस्पताल बन्दै

लमजुङको विकट गाउँ दुधपोखरीमा सुविधा सम्पन्न अस्पतालको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।दुधपोखरी गाउँपालिकाको वडा नं २ अल्काचौरमा निर्माणाधिन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो । विगत २ वर्ष अघि २०७८ सालदेखि १५ शैयाको अस्पताल निर्माण कार्य सुरु भएको तत्कालिन गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङले बताउनुभयो । ३ वर्षमा सक्ने लक्ष्य लिइएपनि २ वर्षमा अस्पतालको निर्माण कार्य सम्पन्नको अवस्थामा पुगेको बताइएको छ । संघ सरकारको १३ करोड लगानीमा ९ रोपनी जग्गामा सो अस्पताल निर्माण कार्य सुरु भएको थियो ।… पुरा पढौ

स्वर्गीय लक्ष्मण सेढाईको सालिक अनावरण

लमजुङको बेसीशहर नगरपालिका ११ रामचोक चितीमा स्व लक्ष्मण सेढाईको सालिक अनावरण गरिएको छ ।सामाजिक र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराउनु भएका रामचोक निवासी स्व लक्ष्मण सेढाईको शुक्रबार बालविकास मा.वि परिसरमा सालिक अनावरण गरिएको हो । बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालले एक कार्यक्रमका विच सालिकको अवनाबरण गरिएको थियो । सो अवसरमा स्वर्गिय सेढाईका सुपुत्रहरु केशव सेढाई, राजेन्द्र प्रशाद सेढाई, बुहारी, छोरी, नाती लगायत परिवारको उपस्थिती रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथी अर्यालले स्व लक्ष्मण सेढाई सामाजिक दायित्व बोध गर्ने व्यक्ति र… पुरा पढौ

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, के के गर्न मिल्दैन ?

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ । समितिका अनुसार चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । ग्रहणको समयमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।ग्रहणका बेला सकेसम्म… पुरा पढौ

आज कोजाग्रत पूर्णिमा, दशैंको समापन गरिँदै

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे… पुरा पढौ

मानवसेवा आश्रममा सामुहिक टीका ग्रहण कार्यक्रम

लमजुङको बेसीशहर – ७ हाई स्कुल चोकमा रहेको मानवसेवा आश्रम लमजुङमा विजयदशमीको अवसरमा सामुहिक टीका कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार आयोजना गरिएको सामुहिक टिका लगाउने कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पुर्णवहादुर गुरुङ प्रमुख अतिथी रहनुभएको थियो भने बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालको बिशेष उपस्थिती रहेको थियोे । मानवसेवा आश्रममा रहनुभएका बाल गोपालहरु र आश्रममा सेवाको खटिनुभएका अभियन्ताहरुलाई समन्वय समिति प्रमुख गुरुङ र नगरपालिका प्रमुख अर्याल लगाएत आश्रमका अविभावकहरुले टीका र जमरा लगाईदिनुभएको थियोे । हरेक नेपालीहरुले आ–आफ्नो घरमा… पुरा पढौ

आज टिकाको तेस्रो दिन, दशैंको टीका लगाउने क्रम जारी

आज टिकाको तेस्रो दिन द्वादशी, दशैंको टीका लगाउने क्रम जारी रहेको छ । दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा हिजो र अस्ति नभ्याएकाहरु आज आफन्तकोमा गएर टीका, जमरासहित आशिर्वाद लिने गर्छन् । यसैबीच दशैंको बिदामा घर गएकाहरु चाडवाड सकेर काममा फर्कने क्रम पनि शुरु भएको छ । परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ । हिजोको एकादशीको व्रत बस्नुभएकाहरुले आज सबेरै खाना तथा फलाहार ग्रहण गर्ने गरेका छन् । दशैंको टीकाको तेस्रो… पुरा पढौ

जिप दुर्घटनामा गम्भिर घाइते ४ जनालाई थप उपचारको लागि रिफर

लमजुङको दोर्दी गाउँपालिका ३, श्रीमञ्ज्याङको नयाँगाउँ चिसापानी ओरालो दासडाँडामा यात्रुबाहक जिप दुर्घटना गम्भिर घाइते भएका ४ जनालाई थप उपचारको लागि रिफर गरिएको छ । दुर्घटनामा घाइते मध्ये गम्भीर रहेका दोर्दी गापा–३ बस्ने ५० बर्षिय प्रेम कुमारी गुरुङ र दुधपोखरी ६ का ३७ वर्षकी मोनिका घलेलाई चितवन लगिएको छ भने अर्का गम्भीर घाइते राइनास न.पा का हर्राबोटका १३ बर्षिय कृश्टल गुरुङ र ४४ बर्षिय दुर्गा गुरुङलाई थप उपचारका लागी ग्राण्डी हस्पिटल काठमाडौं लगिएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अन्य… पुरा पढौ

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

आज मंगलबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर दसैं मनाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका प्रसाद ग्रहण गर्ने शुभ साइत बिहान ११ बजेर ०२ मिनेट रहेको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतया साइत जुराउन नपर्ने मान्यतासमेत रहेको छ ।… पुरा पढौ

आज महा नवमी : दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

नवरात्रीको नवौँ दिन अर्थात् महानवमी । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व सोमबार हर्षोल्लासका साथ महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइन्छ । आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद देवी भागवत एवं… पुरा पढौ

आज महाअष्टमी पर्व मनाइँदै, दुर्गाका ९ वटा रूपहरूको पूजा अनुष्ठान हुने

आज अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी… पुरा पढौ