
असोज १५ गतेबाट सम्पर्क विहिन भएका युवा ११ दिन पछि महेन्द्रनगरमा फेला परेका छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहर घर भएका २१ वर्षिय श्रीकृष्ण खत्री कञ्चनपुरको महेन्द्रनगरमा फेला परेका हुन् ।
उनी महेन्द्रनगरको एक होटलमा बस्दै गरेका र त्यहिबाट उनको पैसा हराएर खोजी हुने क्रममा प्रहरीले उनलाई विहिबार फेला पारेको हो । उनी अहिले जिल्ला प्रहरी कार्यलय कञ्चनपुरको संरक्षणमा रहेका छन् ।
उनको परिवार र आफन्त त्यस तर्फ गैरहेको पारिवारिक स्रोतले बताएको छ । प्रहरीका अनुसार खत्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने के कति कारणले सम्पर्क विहिन भए भन्ने कुरा भने खुल्न सकेको छैन ।
खत्री पोखरा लामाचौरबाट १५ गते विहानदेखि सम्पर्क विहिन भएका थिए । खोजीका लागि उनको परिवारले प्रहरीमा निवेदन दिएका थिए भने मिडिया तथा सामाजिक सञ्जालमा पनि उनी हराएको व्यापक प्रचारप्रसार भएको थियो ।