Author Archive

कृषकले फलाएको आलुको बजार सुनिश्चित

लमजु्ङका कृषकहरुले उत्पादन गरेको आलु अब बेच्नलाई समस्या नहुने भएको छ । जिल्ला भित्र उत्पादन भएको आलु सिधै उत्पादन कम्पनीमा बेच्नको लागि सम्झौता गरिएपछि कृषकहरुलाई बजार समस्या नहुने भएको हो । सोमबार कृषि ज्ञान केन्द्र लमजुङको कार्यालयले बेसीशहरमा जिल्ला स्तरमा व्यवसायिक आलु खेती प्रविधि तालिम प्रदान गरी लमजुङका आलु उत्पादन गर्ने किसान र आलु चिप्स उत्पादन गर्ने कम्पनी फस्ट च्वाईस फुड प्रा.लि भैरहवा रुपन्देही बिच किनबेचको सम्झौता गरेको हो । हिउँद याममा आलु धेरै मात्रामा उत्पादन हुने हुदाँ किसानहरुलाई बजारको… पुरा पढौ

जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्पले क्षति

जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा गएकोे परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् ।यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ । शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर… पुरा पढौ

भुकम्पमा परी १ सय ५७ जनाको मृत्यु, ३ हजार ४१ घरपूर्ण क्षति

गत शुक्रबार राती गएको भुकम्पमा परी जाजरकोट र रुकुममा १ सय ५७ जनाको मृत्यु भएको छ भने ३ हजार ४१ घरपूर्ण रुपमा क्षति भएको छ । रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका छ्न् । त्यस्तै भूकम्पका कारण जाजरकोटका ९ सय ५ घरमा पूर्ण क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार प्रारम्भिक विवरणमा रुकुममा २ अर्बभन्दा बढीको क्षति भएको देखिएको छ ।… पुरा पढौ

जाजरकोट भूकम्प पछिको फोटो फिचर

जाजरकोट आसपासलाई केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भुकम्प जाँदा ठूलो धनजनको क्षति’ भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पुगे उद्धार र राहतका लागि सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रभावित क्षेत्रमा छिमेकी जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुरा पढौ

मध्यरातमा गएको भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु, एकसय ४० जना घाईते

गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या १२८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोटका अनुसार दुई जिल्लामा गरी मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको हो । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु र एकसय ४० जना घाईते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमा ठूलो क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ । प्रहरी र स्थानीय जनप्रतिनिधिहरुका अनुसार नलगाड नगरपालिकाकी उपमेयर… पुरा पढौ

अदालतको आदेशपछि छुटेको डेढ महिना नवित्दै फेरि पक्राउ परे रिगल

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ । आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो । रिगल संविधान… पुरा पढौ

बेसीशहरमा ३ दिने कार्तिक महात्मा धार्मिक प्रवचन सुरु

लमजुङको सदरमुकाम बेसीशहरमा ३ दिने कार्तिक महात्मा धार्मिक प्रवचन सुरु गरिएको छ । विहिबार बिहान बेसीशहर बजारमा कलश यात्रा गरी कार्यक्रमको सुरु गरिएको हो । बेसीशहरको फूलबारी मञ्चमा सुरु भएको धार्मिक कार्यक्रममा ग्रह शान्ति, भगवान् शालिग्रामको पुजा, रुद्री पुजा, हवन लगायतका पुजा गरिने छ । पुजाका साथमा संगितमय कार्तिक महात्मा धार्मिक प्रवचन पनि सुरु गरिएको छ । हिन्दु धर्ममा साउन, भदौ, असोज र कार्तिक महिनालाई पुरुषोत्तम महिना भनिने र यो सयममा विषेश पुजाआजा गर्ने गरिन्छ । कार्तिक महिनामा हरीबोधनी एकादशी… पुरा पढौ

सुन्दरबजारका भूमिहिनको नाममा जग्गा दर्ता

लमजुङको सुन्दरबजारमा रहेका भूमिहिनहरुको नाममा जग्गा दर्ता प्रक्रिया पुरा भएको छ । बुधबार सदरमुकाम बेसीशहरमा रहेको राष्ट्रिय भूमि आयोगको कार्यालयमा जग्गा दर्ता पुस्तकमा औठा छाप र हस्ताक्षर गरेपछि सम्पूर्ण प्रकिया पुरा भएको हो । सुन्दरबजार नगरपालिकाका जम्मा छनोटमा परेका ३३ जना मध्ये भूमिहिन सुकुम्बासी मध्ये दावी विरोध नभई प्रमाण पुगेका २४ जनाले नाम दर्ता गरेका छन् । नाम दर्ता गरी सम्पूर्ण प्रक्रिया पुरा गरेका सुकुम्बासीहरुलाई यहि कार्तिक २४ गते जग्गाधनी लालपुर्जा वितरण गरिने राष्ट्रिय भूमी आयोगका अध्यक्ष दामोदर अधिकारीले बताउनुभयो… पुरा पढौ

डिजेल र मट्टीतेलको भाउ लिटरमा ४ रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा चार रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेशन बाट घटेर नयाँ मूल्य आएपछि डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतबाट पेट्रोल र एलपी ग्यासमा भाउ बढेर आए पनि नेपालमा भने उपभोक्ताको हितलाई ध्यानमा राखेर नबढाइएको निगमको… पुरा पढौ

इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान, विपिन जोशी अझै सम्पर्क विहीन

दक्षिणी इजरायलको किबुज अलुमिममा हमासको आक्रमणमा परी निधन भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअभिभस्थित नेपाली राजदूतावासले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै थप २ जना विद्यार्थीको शव पहिचान भएको जनाएको हो । राजदूतावासका अनुसार सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो । राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । यसअघि पहिचान भएका डोटीका राजन फुलरा… पुरा पढौ