
बेसीशहर नगरपालिमा रहेको त्रिवेणी युवाक्लवले शुक्रबार कारागारका कैदी\बन्दीलाई दशैंका खाद्यान्न तथा खसी सहयोग गरेको छ ।
नेपालीहरुको महान् पर्व बडा दशैंको अवसरमा क्लवका पदाधिकारीहरु कारागार पुगेर २४ हजार रुपैयाको खसी र ७ हजार ५ सय रुपैयाँ बराबरको नुन, मसला, तेल, चामल लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । कारागारका जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई क्लवले उक्त खसी र खाद्यान्न हस्तान्तरण गरेको छ ।
क्लबका निर्वमान अध्यक्ष विनोद गुरुङ, पुर्व अध्यक्षहरु लोकेन्द्र गुरुङ, वडा नं ९ वडाध्यक्ष खुशीजगं गुरुङ, सिजन श्रेष्ठ, क्लवका केशबहादुर राना, प्रकाश घले, विमल अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
त्रिवेणी युवाक्लवले प्रत्येक वर्ष कारागारमा पुगेर शुभकामना आदानप्रदान गर्दै सहयोग गर्ने गरेको छ ।
यस अघि विहिबार बेसीशहर नगरपालिकाले पनि लमजुङ कारगारमा २ वटा खसी तथा खाद्यान्न सहयोग गरेका छ ।
लमजुङ कारागारमा ७ जना महिला सहित ८८ जना कैंदी\बन्दी रहेको छन् ।









