राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङद्धारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

-


     भरत बाबु घिमिरे    
     असाेज २८ गते २०८० मा प्रकाशित


राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वत् २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

आइतबार रास्वपाका प्रवास विभागका केन्द्रिय सचिव पद्मराज पन्थीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा जिल्ला सह–संयोजक अशोक सापकोटा, गण्डकी प्रदेश प्रस्तावित सदस्य तैमाया गुरुङ, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, जन्मदिनमा बृक्षारोपण अभियान का संस्थापक अध्यक्ष बासुदेव सेढाँई, पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, प्रदेश सदस्य रामजी राना, पार्टीका कार्यकर्ता एवम् पत्रकारहरुको सहभागिता रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रमा उपस्थिती प्रमुख अतिथी पन्थी र जिल्ला सह संयोजक सापकोटा दुवैको आइतबार नै परेको जन्मदिनका अवसरमा सहभागी सवैलाई बृक्षारोपण गर्न एक एक वटा विरुवा वितरण गरिएको थियो भने दुवै जना जन्मदिनमा बृक्षारोपण अभियानको आजिवन सदस्य समेत बन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका लमजुङ सह संयोजक असोक सापकोटाले जन्मदिनमा वृक्षरोपण अभियान मानव जातीको साझा अभियान भएकोले यस्तो पवित्र अभियानमा सहभागी हुन सबैलाई अपिल गर्नुभएको छ । जलवायु परिवर्तनको प्रभाव न्युनिकरण, आर्थिक विकास, सभ्य र सु संस्कृत समाज निर्माण लगाएत ९ बुँदे अवधारणाका साथ अगाडि बढेको अभियान मानव जातीको साझा अभियान रहेको उल्लेख गर्नुभयो ।

आफ्नो जन्मदिनको अवसर र राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले महान चाडपर्व विषेश शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सबैलाई अम्बाका विरुवा वितरण गर्दै सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङलाई अभियानमा ऐक्यबद्धता जनाउ अनुरोध गर्नुभयो ।
कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका सभापती धर्मराज केसीको अध्यक्षतामाम भएको थियो ।

सो कार्यक्रममा अन्य राजनीतिक दलहरुका प्रतिनिधी एवम् कार्यलयका प्रमुखहरुलाई पनि निमन्त्रणा गरिएको भएपनि उपस्थिती नभएको बताइएको छ ।