वीर भक्ति माविको वार्षिकोत्सवमा राजु परियारको भव्य साङ्गेतिक प्रस्तुती

-


     प्रमिशा बिक     
     पौष ३ गते २०८० मा प्रकाशित


लमजुङको राइनास नगरपालिका वडा नं ८ मा रहेका वीर भक्ति माध्यमिक विध्यालयले ५६ औँ वार्षिकोत्सव तथा ५० औँ अभिभावक दिवस मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी राइनास नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरुङको प्रमुख आतित्थ्यथामा भएको थियो ।

बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथी गुरुङले पछिल्लो समयमा सामुदायिक विद्यालयमा विध्यार्थीको आकर्षण बढ्दै गएको बताउदै उनले सामुदायिक विद्यालयमा राजनीतिक प्रतिशोध भने साध्न नहुने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नुरमहमद मियाँले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका लेखापाल जिवनकुमार श्रेष्ठले आर्थिक वर्ष २०७९⁄८० र हालसम्मको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा विध्यालयका अक्षयकोषदाताहरु निर्मला जोसी कडरिया, बुद्धिमान गन्धर्व, डम्बरबहादुर थापा, अभिभावकको तर्फबाट सिर्जना श्रेष्ठ गुरुङ, सरस्वती पाण्डे, समिना मियाँ र विद्यालयमा अध्यापनरत शिक्षकहरुबाट प्रदिप अधिकारी र बाबुराम गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल, राइनास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेल, निवर्तमान मेयर सिंहबहादुर थापा, सामाजिक विकास समितिका अध्यक्ष बलराम पराजुली लगायत विभिन्न स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधी, तथा अविभावकहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा राष्ट्रिय कलाकार राजु परियारले साङगेतिक प्रस्तुती दिएका थिए । उनले राइनासकोटको भिर, पहिलो माया, अन्धो समाज, दुराडाँडे दाई, कोदो रोप्दा लाएको पिरती लगायतका गितहरु गाँउदा उपस्थित दर्शकहरु गितमा रमेका थिए ।

कार्यक्रममाविद्यार्थीहरुको तर्फबाट युहाना मियाँले स्वागत मन्तव्य राख्नुभएको भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सिताराम अधिकारीले गर्नुभएको थियो ।