२०८० को दशक तीव्र विकासको दशक हुने : प्रधानमन्त्री प्रचण्ड

-


     नयाँ दीप    
     पौष १० गते २०८० मा प्रकाशित


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए ।

’यस वर्ष सात सय ७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ भने पाँच सय ८७ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ, यसै अवधिमा एक सय ८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको छ, थप एक लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको छ’, उनले भने, ’यो आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन ।’

नारायणगढ–बुटवल खण्ड वा मुग्लिन–पोखरा खण्डकै उदाहरण लिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्ती दाहालले भने, ’जनताले बाटो भत्केको व्याख्या गरिरहेका छन्, जबकि बाटो त बनिरहेको छ, समयमा आयोजनाहरू पूरा नहुँदा यस्तो नकारात्मक भाष्यमात्र बनेको छैन, लागत बढेको छ, जनताले ठूलो सास्ती खेप्नुपरेको छ ।’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्न नसकिने पनि बताएका छन् ।
कर्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनिस्थितिमा छैन । सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीलाई असफल हुने छुट छैन । कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिहरनु हुँदैन, छाडिदिनुपर्छ ।’

प्रधानमन्त्रीले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरुरी नभएको बताउनुभयो ।