
जिल्ला प्रहरी कार्यालय लमजुङले २२ बर्षिय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । शारीरिक अपाङ्गता भएकी युवतीमाथी जबरजस्ती गरेको अभियोगमा उक्त पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ७ बस्ने ५२ बर्षका शेरबहादुर भाट रहेका छन् ।
अभियुक्त भाटले सो युवतीलाई दिउँसो घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई मंसिर २४ गते आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जवरजस्ती करणी गर्ने उद्योगमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रमुख डिएसपी मिन बहादुर घलेले बताए ।