
लमजुङको बेसीशहर – ११ रामचोकबेसी स्थायी घर भई हाल अष्ट्रेलियामा रहनुभएका नमुना सेढाईले दोर्दी गाउँपालिका वडा नं – ३ मा रहेको भंगेरी प्राथमिक विद्यायका ४७ जना विद्यार्थीहरुलाई पोषाक सहयोग गर्नुभएको छ ।
विद्यार्थीहरुलाई ट्रयाटसुट र टिसर्ट सेट ५६ हजार ३ सय रुपैँया बराबरको पोषाक सहयोग गर्नुभएको छ । बुबा ईश्वरराज सेढाई उक्त विद्यालयको पुर्ब शिक्षक हुनुहुन्थ्यो भने उहाँको आमा निर्मला सेढाई (कंडेल) उक्त विद्यालयमै हाल कार्यरत गराई रहनुभएको छ ।
बुबा आमाले पढाउनु भएको विद्यालय भएकोले र जाडोमा विद्यार्थीहरुलाई केही राहत सहयोग गर्ने भावना जागेको नमुना सेढाई बताउनुभयो । विद्यालयमा एक कार्यक्रमका साथ उक्त पोषाक विद्यार्थीहरु लाई वितरण गरिएको हो ।
सो अवसरमा दोर्दी गापा ३ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ, दोर्दी गापा शिक्षा शाखाका विद्यालय निरिक्षक काशिनाथ अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत बहादुर थापा, विद्यालय व्यवस्थापन समिति सदस्य विमला भुजेल, प्र. अ. झपिन्द्र घिमिरे, भंगेरी आमा समूह अध्यक्ष धनमाया गुरुङ लगाएतको उपस्थिती थियो ।