Author Archive

खरखरे भिरबाट मर्स्याङ्दी नदीमा खस्यो अटो

लमजुङको बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–६, खरखरे भिरमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको ग.प्र. ००४००१ ह. २८५ नम्बरको अटो बिहीबार दिउँसो अनियंत्रित भई खरखरे भीरबाट मस्र्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ। चालक सहित अटोमा सवार ६ जनालाई उद्धार गरी घाइते मध्ये गोरखा घर भई हाल बेसीशहर ६ मा बस्ने सानुमाया गुरुङ र बेसीशहर ६ मा बस्ने सुस्मिता तामाङलाई टाउकोमा चोट लागेकाले सिटीस्क्यानका लागि भरतपुर रिफर गरिएको प्रदेश अस्पताल लमजुङले जनाएको… पुरा पढौ

राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाई गाउँपालिकाद्धारा सम्मान

लमजुङको मर्स्याङदी गाउँपालिकाले राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाईे सम्मान गरेको छ । विहिबार गाउँपालिकामा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भण्डारी साम्बालाई सम्मान गरिएको हो । मस्र्याङदी गाउँपालिकाकोे सिम्पानीको पामचोकमा वि.सं. २०५४ जेठ १० गते जन्मनुभएकी सावित्रा भण्डारीले फुटवल खेलको माध्यमबाट गाउँ तथा जिल्लालाई देश विदेशमा चिनाउन सफल भएको भन्दै गाँउपालिकाले सम्मान गरेको पालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’ उपनामले चिनिन्छन्। सानै देखि आफू भन्दा ठूला दाईहरुसगँ फुटवल खेल्न मन पराउने भण्डारीले सन् २०१४… पुरा पढौ

प्रदेश अस्पताल लमजुङमा एक लाख बढीले लिए सेवा, गतवर्ष भन्दा २५ प्रतिशतले बृद्धी

प्रदेश अस्पताल लमजुङमा एक वर्षको अवधीमा करिब सवा लाख सेवाग्राहीले सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८०⁄८१ को साउन देखि ०८१⁄८२ को असार मसान्तसम्म जम्मा १ लाख १३ हजार ८ सय ८ जनाले सेवा लिएका छन् । यो गत वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो । जिल्ला स्तरको अस्पतालले पनि प्रदेश अस्पतालको सरह सेवा सुविधा दिएकाले दिनप्रतिदिन विरामीको संख्या बढ्दै गएको अस्पतालका अध्यक्ष हरीजगं तामाङले बताउनुभयो । अन्य पोखरा, चितवन, काठमाडौं लगायतका ठूला अस्पतालमा जानुपर्ने विरामीलाई पनि जिल्ला… पुरा पढौ

पटक पटक भत्किएर जोखिम हुदैँ लमजुङ कारागार

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागार मर्मतका लागि नापजाँच सुरु भएको छ । सङ्घिय सहरी विकास तथा भवन निर्माण कार्यालयकोले कारागार मर्मतको लागि नापजाँच सुरु गरेको छ । आइतबार भवन निर्माण कार्यालय पोखराबाट आएका प्राविधिकहरुको टोलीले कारागार परिषर भित्र र बाहिर नापजाँच गरेको छ । नापजाँच पछि यो पुरानो भवनलाई नै मर्मत गर्ने कि नयाँ भवन निमार्ण गर्ने भन्ने विषयमा १५ दिन भित्र रिर्पोट तयार हुने र त्यही अनुनरुप कार्य अघि बढ्ने कारागार प्रशासन प्रमुख बेनीबहादुर मोक्तानले बताउनुभयो । ५४… पुरा पढौ

लमजुङ कारागार भत्किएपछि कैदीबन्दीहरूलाई अन्यत्र स्थानान्तरण

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागार गत ३२ गते बुधबार गेटसँगैको पर्खाल भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । सम्भावित भौतिक तथा मानबिय जोखिम र तत्काल पुननिर्माण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कारागार व्यवस्थापन विभागको निर्णय बमोजिम लमजुङ कारागारमा रहेका पुरुष १ सय २ जना थुनुवा तथा कैदीहरुलाई अन्य जिल्लामा लगिएको हो । शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सहित तनहुँको दमौली कारागारमा ६ जना महिला सहित ३० जना र पोखरा कास्की कारागारमा ७८ जना स्थानान्तरण गरिएको… पुरा पढौ

लमजुङको सदरमुकाम कुन्छाबाट बेसीशहर सार्दाको प्रसंग

झण्डै ५० वर्ष पहिला भए गरेका काम कुराहरु मध्ये कतिपय कुरा उमेर अवस्थाको कारणले पनि होला, स्मृति पटलमा जस्ताको तस्तै ताजा रहन सकेन । बुढयौलीले गाँजेपछि स्मरण शक्ति हास्र हुने, हातपाँउ चलाउन निकै गारो हुने र लेखपढ गर्ने जाँगर मर्दै जाने स्थिती सिर्जना हुँदो रहेछ । जेहोस् सम्झन सकेजति कुराहरुको स्मरण गर्न लायक विषय लिपिवद्ध गरेर राखिदिन सके यस्ता ऐतिहासिक एवं सामाजिक परिघटनाहरु प्रति चासो राख्ने भावी पिढींका लागि उपयोगी सामाग्री बन्न पनि सक्ला भन्ने हेतुले यस संबन्धमा सम्झन सके… पुरा पढौ

नगरसभाबाट साँढे ७८ करोड, बजेटसहित ४४ वटा निर्णय स्वीकृत

बेसीशहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ७८ करोड ४८ लाख ७० हजारको बजेट स्वीकृत गरेको छ । नगरपालिकाको आइतबार सम्पन्न नगरसभाको १७ औँ अधिवेशनले यतिका बजेटसहित योजना, नीति र कार्यक्रम स्वीकृत गरेको हो । नगरसभामा उप–प्रमुख पद्मा गुरुङले नगरस्तरीय र वडास्तरीय योजना प्रस्तुत गर्दै चालुतर्फ ४७ करोड ९० लाख र पुँजीगततर्फ ३० करोड ५८ लाख ७० हजार बजेट विनियोजित गर्नुभएकोमा नगरसभाले पारित गरेको हो ।aउपप्रमुख गुरुङले प्रस्तुत बजेटमा राजश्वका विभिन्न शीर्षकबाट २२ करोड ५९ लाख एक हजार र… पुरा पढौ

गण्डकी प्रदेशमै पहिलो पटकः सुन्दरबजार २ परेवाडाँडालाई बालमैत्री तथा पोषणमैत्री वडा घोषणा

सुन्दरबजार नगरपालिकाको सान बालमैत्री तथा पोषणमैत्री हाम्रो अभियान भन्ने नाराका साथ सुन्दरबजार नगरपालिका वडा नं. २ परेवाडाँडालाई बालमैत्री तथा पोषणमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडा घोषणा भए पनि पोषणमैत्री समेत एकैचोटी घोषण हुनेमा गण्डकी प्रदेशमै सुन्दरबजार २ पहिलो भएको छ । शुक्रवार बाजागाजा सहितको झाँकी ¥यालीले परेवाडाँडा परिक्रमा गरी भव्य कार्यक्रमका साथ बालमैत्री तथा पोषणमैत्री वडा घोषणा गरिएको हो । उक्त कार्यक्रम सुन्दरबजार नगर प्रमुख कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको हो । पोषणमैत्री ५१ र बालमैत्री ३४… पुरा पढौ

अपाङ्गता भएका ५३ जनालाई सहायता सामग्री

लमजुङको राइनासमा अपाङ्गता भएका ५३ जनालाई सहायता सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालयको सहयोग र ग्रामीण अपाङ्ग समाज नेपाल राइनासको समन्वयमा शनिबार सहायता सामग्री सहयोग गरिएको हो । राइनास–८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट, सामाजिक विकास कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापा, नेपाल पत्रकार महासंघ लमजुङका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल नेत्रज्योति संघका लमजुङ तथा गोरखाका क्षेत्र अधिकृत प्रेम महर्जनले लगायतले सहायता सामाग्री वितरण गर्नुभएको थियो । अपाङ्गता भएका व्यक्तिको माग बमोजिम ह्विलचियर ७ वटा, सहयोगी लौरी ९ वटा,… पुरा पढौ

लमजुङ जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा

लमजुङ जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा गरिएको छ । सदरमुकाम बेसीशहरमा मगंलबार कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गनुभएको हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप जिल्ला हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी मन्त्री पाठकले गण्डकी प्रदेशले प्रदेश भित्रका सम्पूर्ण जिल्ला अस्पतालहरुलाई स्तरोन्नती गरी उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिने बताउनुभयो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालले प्रतिवेदन प्रस्तुत गर्दै… पुरा पढौ