खरखरे भिरबाट मर्स्याङ्दी नदीमा खस्यो अटो

-


     सृजना बराल     
     श्रावण ८ गते २०८२ मा प्रकाशित


लमजुङको बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–६, खरखरे भिरमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको ग.प्र. ००४००१ ह. २८५ नम्बरको अटो बिहीबार दिउँसो अनियंत्रित भई खरखरे भीरबाट मस्र्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ।

चालक सहित अटोमा सवार ६ जनालाई उद्धार गरी घाइते मध्ये गोरखा घर भई हाल बेसीशहर ६ मा बस्ने सानुमाया गुरुङ र बेसीशहर ६ मा बस्ने सुस्मिता तामाङलाई टाउकोमा चोट लागेकाले सिटीस्क्यानका लागि भरतपुर रिफर गरिएको प्रदेश अस्पताल लमजुङले जनाएको छ ।

बेसीशहर ६ मा बस्ने अञ्जली गुरुङ, धनकुमारी गुरुङ, शिलादेवि गुरुङ र मस्र्याङदी ४ बस्ने अटो चालक लोकबहादुर लामाको अवस्था समान्य रहेकोले घाइते सबैको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ । खरखरे भिरबाट सिधै मर्स्याङ्दी नदीमा खसेको अटो भने बगाएको प्रहरीले जनाएको छ ।