व्यक्तित्व चिनारी: शताब्दी पुरुष तिलक बहादुर पौडेल

- शताब्दी पुरुष चिन्ता भने देशकै

-


     भरत बाबु घिमिरे    
     असाेज १५ गते २०८० मा प्रकाशित


विक्रम सम्वत् १९८४ फागुनको २१ गते बाबु कुलबहादुर पौडेल र माता आफली पौडेलबाट लमजुङको बेसीशहरमा जन्मनु भएका तिलक बहादुर पौडेल अहिले ९७ वर्षको हुनुभयो । करिब एक शताब्दीको नजिकै पुग्दा पनि उहाँको स्मरण शक्ति युवा उमेर कै जस्तै छ ।

बेसीशहरमा रहेका दर्जनौ संघ, संस्थामा उहाँ संस्थापक अध्यक्ष भएर काम गर्नुभएको छ । समाज परिवर्तन र विकासको मुख्य आधार शिक्षा नै हो र यसबाट कोही पनि वञ्चित हुनुहुदैन भन्ने मान्यतामा विश्वास राख्ने पौडेलको सक्रियतामा जनविकास मावि चण्डीडाँडा र जनविकास मावि बेसीशहरको स्थापना गरी दशकभन्दा बढी समय अध्यक्षको रुपमा कार्यभार सम्हालेर यी शैक्षिक संस्थाहरुलाई व्यवस्थित बनाउने कार्य उहाँबाट भएको पाइन्छ ।

बर्तमानका जनविकास मावि चण्डीडाँडा, जनविकास मावि बेसीशहर र जनविकास कलेज सम्म बन्न पुग्नु यसका उदाहरणहरु हुन् । सदरमुकाम बेसीशहरको मुटुमा स्थापित बाल मन्दिर प्रा.वि पनि उँहाकै अध्यक्षतामा सुरु भएको देखिन्छ ।

लमजुङेहरुले उच्च शिक्षाका लागि जिल्ला बाहिर जान नपरोस् भनी गाउँमै उच्च शिक्षाको अवसर पाउनुपर्छ भन्ने मान्यता राखी उँहाकै अथक प्रयासमा लमजुङ जिल्ला कै पहिलो बहुमुखी क्याम्पसको रुपमा मस्र्याङदी बहुमुखी क्याम्पसको स्थापना भयो । जसको उहाँ संस्थापक अध्यक्ष हुनुहुन्छ ।

समग्र जिल्लाको सर्वाङ्गिण विकासका लागि जिल्ला सदरमुकाम सबैलाई पायक पर्ने गरी केन्द्रमा हुनुपर्छ भन्ने कुरालाई बुझि जिल्लाको छेउमा रहेको जिल्ला सदरमुकामलाई २०२८ सालमा बेसीशहरमा ल्याउन उहाँले ठूलो प्रयास एवम् अगुवाई गर्नुभएको थियो ।

यसमा धेरै चुनौती र अवरोधहरुको सामाना गर्नुपरेको कुरा उहाँ सुनाउनुहुन्छ । यसै प्रसङ्गमा तत्कालिन समयका व्यक्तित्वहरु नरेन्द्रजगं गुरुङ, लिला बहादुर घिमिरे, डिल्लीराज घिमिरे लगायतका विभिन्न व्यक्तिहरुको साथ र सहयोग रहेको कुरा उहाँले नयाँ दीपलाई बताउनुभयो ।

जसरी समाजलाई शिक्षा आवश्यकता हुन्छ, त्यो भन्दा पनि बढी हरेक व्यक्तिको जीवनमा स्वास्थ्यले महत्व राख्छ भन्ने विषयलाई ममन गरी लमजुङ जिल्ला अस्पतालको स्थापना, यसको सुदृणिकरण र स्तरोन्नतीमा निरन्तर आफूलाई संलग्न राख्नुभएका समाजसेवी पौडेलले जिल्लामा रेडक्रस जस्तो निश्पक्ष, पवित्र, एवम् मानविय संस्थाको स्थापना र यसका क्रियाकलापहरुलाई समाजमा परिचालन गर्न विशेष भूमिका निभाउनुभएको थियो ।

समाजको विकास र उन्नतीमा जनचेतनाले ठूलो भूमिका खेलेको हुन्छ । यसै मान्यताका आधारमा स्थापना भई काम गरिरहेका अनगिन्ती संघ संस्थाहरुका शिलापत्रमा चन्दादाताको रुपमा उहाँका नामहरु लेखिएको देख्न सकिन्छ । उहाँसगँ भएको भलाकुसारीका क्रममा उहाँले विषेश गरी मस्र्याङदी बहुमुखी क्याम्पसलाई सम्झनुभयो । जहाँ उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीका छात्रवृद्धीको लागि रु ५ लाख रुपैयाको अक्षयकोष आफ्नै नाममा स्थापना गरेको समेत बताउनुभयो ।

हाम्रो पालामा विद्यालय थिएन, पढ्न पाइएन, अवका पिँढीले त्यस्तो भोग्न नपरोस् भन्ने उहाँको मुख्य अभिलासा रहेछ । साथै, विद्यालय शिक्षाले मात्रै समाजका सबै वर्गलाई समेट्न सक्दैन भनी उहाँको सक्रियतामा त्यती बेला देखि नै लक्ष्मीनारायण पुस्तकालयको स्थापना भएको हामी पाउँदछौं ।

पछिल्लो समय शिक्षा, स्वास्थ्य सँगसगै मानिसहरुको दैनिक जीवन यापन गर्नको लागि पेसा र व्यवसाय पनि समानान्तर रुपमा आवश्यक छ भन्ने तत्थ्यलाई ह्दयगंम गरी जिल्लामा उद्योग एवम् विभिन्न व्यवसायहरुको स्थापना गरी तिनीहरुको विकासमा समेत विशेष चासो र भूमिका खेल्नुभएका पौडेलको सक्रियता जिल्लामा पहिलो पटक लमजुङ उद्योग बाणिज्य सघंको स्थापना भएको देखिन्छ ।

विश्व हिन्दु महासंघमा पनि आफूले काम गरेको भन्दै आफ्नो नेतृत्वमा सुरु गरेका संघ संस्थाको नाम उहाँले धेरै पटक सम्झनु भयो । पौडेलले फूर्के भिरको पानी बेसीशहर ल्याउँदा होस् वा मस्र्याङदी नदीमा पुल बनाउँदा होस् वा बाटोघाटो निर्माण लगायतका विकासका कामहरुमा आफूले धेरै सङ्घर्ष गर्नुपरेको स्मरण सुनाउनुभयो र भन्नु भयो– “अहिले कतिपय त मैले धेरै विर्सिसके ।”

२००७ सालमा देशबाट राणा शासन हटाउन भएको आन्दोलनमा पनि उहाँले सक्रिय भूमिका निभाउनु भयो । “त्यतिबेला म १५⁄२० वर्षको जोसिलो ठिटो थिए”, उहाँले हाँस्दै भन्नुभयो । त्यसपछि सुरु भएको पञ्चायती व्यवस्थामा उहाँले प्रधानपञ्च भएर धेरै समय काम गर्नु भयो ।

नीति भन्ने कुरा अहिलेको राजनीतिमा रहेन खराब नेतृत्वले देशै फाल्न लागिसके । जताततै उश्रृङ्खतला, असभ्यता, स्वार्थ एवम् मनपरी तन्त्र फैलिएको र कोही कसैको डर नभएकोमा उहाँलाई दुख एवम् चिन्ता लागेको छ ।

देश बेथिती तर्फ अघि बढिरहेको, सनातन धर्मको अपहेलना भै रहेको समाचारहरुले आफूलाई बारम्बार मर्माहत बनाउने गरेको कुरा उहाँले हामीलाई बताउनुभयो ।

राणाशासन देखि पञ्चायत, बहुदल हुँदै गणतन्त्र र संघिय शासन प्रणालीहरु भोग्नुभएको उहाँ अहिले देशको परिस्थिती देख्दा निराश हुनुहुन्छ ।

“जनता हाँसे देश हाँस्छ, जनता बाँचे देश बाँच्छ, त्यसैले राजनीतिक दल एवम् नेताहरुले जनताकै लागि काम गर्नु पर्ने हो, यिनीहरुले त्यसै गरे हुन्थ्यो, मत अब केहि गर्न सक्दिन भन्ने मात्र न हो, त्यो पनि कहिले सम्म खै ?” उहाँले भावुक भएर नयाँ दीपलाई बताउनुभयो ।

विपी कोइराला, गणेशमान जस्ता नेताहरुसगँ आफ्नो आउजाउ हुने भन्दै त्यस्ता प्रभावशाली नेता अहिले देशमा कोहि नभएको उहाँको भनाई छ । अव केहि परिवर्तन नगरी यस्तै हुने हो भने अवका १०⁄१५ वर्षमा देशलाई नेताहरुले खत्तम बनाउँछन् पौडेलले भन्नुभयो ।

एक शताब्दीको नजिकै पुग्दा पनि ह्ष्टपुस्ट देखिने समाजसेवी पौडेल उठेर हिडडुल गर्न भने सक्नुहुन्न । ४ वर्ष अघि लडेर उहाँको खुट्टा भाँचिएको थियो । कुराकानीका क्रममा उहाँले आफ्नो खुट्टा दुख्ने हुँदा म हिड्न नसक्ने भए र त्यही भएर धेरै कुरा विर्सिय पनि भनेर बताउनु भयो ।

आफ्नो जीवनमा धेरै उचारचढावहरु भोग्नुभएका पौडल कसैसगँ पनि रिस राग, द्धवयस र बैमानश्यता आफूसगँ नरहेको एवम् जे जती अरु र समाजका लागि गर्न सकिन्छ त्यो सबै जसले यस धर्तीमा जन्म दियो उसैको हातमा रहन्छ भन्दै हामीसगँको लामो कुराकानीमा उहाँले बारम्बार इश्वरलाई सम्झनुभयो ।