कमला प्रा.वि.का विद्यार्थीलाई कपडा तथा शैक्षिक सामग्री वितरण

-


     सृजना बराल     
     जेठ ५ गते २०८३ मा प्रकाशित


पूर्व राष्ट्रसेवक तथा नागरिक संघको आयोजनामा लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित कमला प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयमा अध्ययनरत २० जना बालबालिकाहरुलाई एक एक सेट विद्यालाय पोषाक, २५ दर्जन कापी, कलम गरेर ४२ हजार बराबरको सामाग्री वितरण गरिएको हो ।

पूर्व राष्ट्रसेवक तथा नागरिक संघका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल “प्रविन” को प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव सुन्दर शर्मा पौडेल, केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कडेल, लमजुङ जिल्ला इन्चार्ज धुर्व रावल, कास्की जिल्ला प्रथम उपाध्यक्ष प्रेमकुमार श्रेष्ठ, लमजुङ जिल्ला प्रथम उपाध्यक्ष शान्तादेवी कुइकेल, जिल्ला द्वितीय उपाध्यक्ष उमरबहादुर रावल, जिल्ला सदस्य नवराज रावल, कमलबहादुर थापा, कमला अधिकारी घिमिरे, रामबहादुर थापा तथा लेउमाया सार्की लगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमारी सार्कीको अध्यक्षतामाम भएको थियो ।
विद्यालयका विद्यार्थीहरूको शैक्षिक उन्नयन र आवश्यक सहयोग पु¥याउने उद्देश्यले कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको संघले जनाएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोमा न्यौपाने सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमारी सार्की, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीहरूको समेत उल्लेखनीय उपस्थिती रहेको थियो।
कार्यक्रममा उपस्थित शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमले विद्यार्थीहरूमा उत्साह र प्रेरणा थप्ने बताएका छन्।

विभिन्न सामाजिक काममा सक्रिय पूर्व राष्ट्रसेवक तथा नागरिक संघले आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको संघका केन्द्रिय अध्यक्ष रावलले बताउनुभयो ।