राजकीय सम्मान सहित सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै

-


     नयाँ दीप    
     भाद्र २८ गते २०८० मा प्रकाशित


सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।

नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ ।

नेम्वाङको मुन्धुम र हिन्दू परम्परा अनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।