
अष्टिन, टेक्सास । ग्रेटर अष्टिन नेपाली सोसायटी (GANS) को आसन्न निर्वाचनलाई लिएर समुदायभित्र मिश्रित प्रतिक्रिया उत्पन्न भएको छ। एकातिर सामाजिक अभियन्ता पदम ठकुराठीको उम्मेदवारीसँगै समाजमा एकताको आशा पलाएको चर्चा भइरहेको छ भने, अर्कोतिर अध्यक्ष पदका प्रत्यासी रामकुमार महतोले निर्वाचन समितिको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै प्रक्रियाबाट बाहिरिने घोषणा गरेका छन्।
एकताको प्रयास कि दबाबको राजनीति ?
केही दिन अघिसम्म GANS भित्रको आन्तरिक कलह अन्त्य हुने र पदम ठकुराठीको नेतृत्वमा सर्वसम्मत वा सहज निर्वाचन हुने सकारात्मक सन्देश प्रवाह भएको थियो। युवापुस्ताले पनि संस्थागत पारदर्शिता र स्थिरताको अपेक्षा गर्दै यसलाई स्वागत गरेका थिए।
तर, यो सकारात्मक माहोल त्यतिबेला धमिलियो जब अर्का प्रत्यासी रामकुमार महतोले निर्वाचन समितिको कार्यशैलीप्रति कडा आपत्ति जनाए। उनले सामाजिक सञ्जाल र इमेलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचन समिति’ स्वतन्त्र नरहेको र कसैको दबाबमा परेर अपरिपक्व निर्णयहरू गरिरहेकोू आरोप लगाएका छन्।
निर्वाचन समितिमाथि एकपक्षीय भएको आरोप
अष्टिनबासी नेपाली समुदायका अनुसार निर्वाचन समितिले दिनैपिच्छे फरक(फरक र विरोधाभासपूर्ण निर्णयहरू सार्वजनिक गर्दा अन्योल बढेको छ। मतदाता र प्रत्यासीहरूले निर्वाचन समिति कुनै खास समूहको स्वार्थमा लागेर एकपक्षीयु बनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
रामकुमार महतोले जारी गरेको सन्देशमा भनिएको छ,
मैले GANS को वर्तमान निर्वाचन प्रक्रिया र यसको अवस्थाका बारेमा आफ्ना धारणाहरू राख्दै निर्वाचनमा सहभागी नहुने जानकारी इमेल र फेसबुक मार्फत गराइसकेको छु। तर, निर्वाचन समितिले स्वतन्त्र रूपमा निर्णय लिनुको सट्टा कसैको दबाबमा परेर दिनैपिच्छे फरक(फरक र विरोधाभासपूर्ण निर्णयहरू पठाउँदा मलाई अत्यन्तै दुःख लागेको छ। एउटा जिम्मेवार निकायबाट यस्तो अपरिपक्वता प्रदर्शन हुनु दुर्भाग्यपूर्ण छ।

युवापुस्ताको चासो र संस्थागत भविष्य
संस्थामा नयाँ र उर्जावान युवाहरूको सक्रियता बढिरहेको बेला नेतृत्व चयनको यो विवादले उनीहरूमा निरासा थप्ने देखिएको छ। युवापुस्ताले विवादमुक्त नेतृत्वु र पारदर्शी प्रक्रिया खोजिरहेका बेला निर्वाचन समिति नै विवादमा तानिनुले GANS को भविष्यको वैधानिकतामाथि नै प्रश्न उठाएको छ।
एकता होस भन्ने हेतुले राम कुमार महतोले पदम ठकुराठीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी निर्वाचन अधिकारीहरूलाइ प्रतक्ष्य, इमेल र सामाजिक संजालमार्फत पेश गरेता पनि अर्को एक पक्षको मात्र हीत हुनेगरी पक्षपाती ढंगवाट निर्वाचन समिती लागेको कुराले अष्टिनवासी असन्तुष्ट भएका छन!
निष्कर्षमा अष्टिन समुदायको अबको बाटो
हाल GANS भित्र देखिएको यो परिस्थिति बाहिर शान्त तर भित्र अशान्तू जस्तो देखिएको छ। एकातिर पदम ठकुराठीको उम्मेदवारीले एउटा पक्षलाई उत्साहित बनाएको छ भने, अर्कोतिर प्रक्रियागत त्रुटि र पक्षपातको आरोपले अर्को ठुलो हिस्सा असन्तुष्ट छ।
समुदायका बुद्धिजीवीहरूका अनुसार, यदि निर्वाचन समितिले आफ्नो निष्पक्षता प्रमाणित गर्न सकेन र सबै पक्षलाई समेटेर अघि बढ्न सकेन भने, चुनिएर आउने नयाँ नेतृत्वले पनि पूर्ण स्वीकार्यता पाउन कठिन हुने देखिन्छ। अष्टिनबासी नेपालीहरू अहिले विभाजन होइन, वास्तविक अर्थमा न्यायसंगत एकता र पारदर्शी संस्थाको प्रतीक्षामा छन्।









