पर्यटन

राष्ट्रिय वृक्षरोपण दिवसमा बाहुनडाँडामा वृक्षरोपण, हरित उद्यानलाई आकर्षक बनाउने लक्ष्य

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय लमजुङ को आयोजनामा चिसापानी सामुदायिक वनअन्तर्गत निर्माणाधीन हरित उद्यानमा धुपी, जामुन, लालीगुराँस, लालुपातेलगायत पार्कलाई थप आकर्षक बनाउने विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन्। कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले वृक्ष मानव जीवनको आधार भएकाले वातावरण संरक्षण र भावी पुस्ताको भविष्य सुरक्षित गर्न वृक्षरोपण अपरिहार्य रहेको बताउनुभयो। उहाँले वनजंगलले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, भूक्षय रोकथाम,… पुरा पढौ

मध्य असारमै डढेलोले क्षति

सामान्यतया वर्षायाम सुरु भएसँगै वन डढेलोका घटना कम हुने अपेक्षा गरिन्छ। तर मध्य असारमै हिमाली जिल्ला मनाङमा भने डढेलो लागेको लागेकोे छ । आइतबार मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डे नजिकको ङोरो डाँडामा लागेको डढेलोले करिब साढे २ रोपनी वन क्षेत्र प्रभावित भएको छ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङका अनुसार बिहान करिब ८ बजेतिर सुरु भएको आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, एक्यापका कर्मचारी र स्थानीयवासी संयुक्त रूपमा खटिएका थिए। आगो दिउँसो नियन्त्रणमा आए पनि पूर्ण रूपमा… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिकाद्वारा खेलाडीलाई सम्मान

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिका भित्रका २५ जना फुटबल तथा भलिबल खेलाडीलाई सम्मान तथा प्रोत्साहन गरेको छ।आर्थिक वर्ष २०८२\०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअन्तर्गत बुधबार आयोजित कार्यक्रममा खेलाडीलाई खेल सामग्रीसहित नगद प्रोत्साहन प्रदान गरिएको हो। गाउँपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका तथा मस्र्याङ्दी कप, वडा स्तरीय अन्डर–१९ फुटबल प्रतियोगिता, भलिबल प्रतियोगितालगायत खेलकुद गतिविधिमार्फत खेल क्षेत्रको विकासमा योगदान पुरााएका खेलाडीको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उत्कृष्ट प्रदर्शन गरेका पालिकाभित्रका… पुरा पढौ

विश्व संगीत दिवसमा उदीपुर मन्दिर परिसरमा वृक्षरोपण

विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको आयोजनामा बेँसीशहर नगरपालिका–१ स्थित उदीपुर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठान लमजुङका अध्यक्ष प्रशान्त तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाडोभाका गायिका नन्दमाया दुरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मनोरञ्जन र सांस्कृतिक संरक्षणमा मात्र सीमित नभई वातावरण संरक्षणका अभियानमा पनि सक्रिय रूपमा लागिरहेको बताउनुभयो। हराभरा प्रकृति र स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व… पुरा पढौ

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गर्नुभएको हो । उहाँले पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान बुझाइ हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले गुट उपगुटतिर नलागेर, विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर… पुरा पढौ

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ, ल्याउँछौँ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले कालापानी र लिपुलेक नेपालको भूभाग भएको प्रमाण नेपालसँग रहेको दाबी गर्दै आवश्यक प्रमाण प्रस्तुत गरी उक्त विषयमा अघि बढ्ने बताएका छन्। उनले भारतसँगको सीमा विवाद दुई देशबीच आपसी संवाद र सहमतिमार्फत समाधान गरिने स्पष्ट पार्दै कुनै तेस्रो पक्ष वा मध्यस्थकर्ताको आवश्यकता नरहेको उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमा विवादबारे उठेका प्रश्नहरूको जवाफ दिएका हुन्। उनले भने, “सीमाको विषयमा हामीले बोल्दा स्वाभाविक रूपमा सम्बन्धित पक्षबाट प्रतिक्रिया आउँछ। यदि कसैले प्रमाण… पुरा पढौ

क्व्होलासोथारको ‘उज्यालो कार्यक्रम’ प्रभावकारी, दुर्गमका घर–गोठमा सोलार बत्ती

राष्ट्रिय विद्युत् प्रसारण लाइनको पहुँच नपुगेको लमजुङको क्व्होलासोथार गाउँपालिका–२ मालिङस्थित तिबिस्वाँरा क्षेत्रका दुर्गम घर तथा गोठमा सोलार बत्ती जडान गरिएको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘उज्यालो कार्यक्रम’ अन्तर्गत विद्युतीकरण हुन बाँकी रहेका घरधुरी र गोठलाई लक्षित गरी आइतबार सोलार सेट वितरण तथा जडान कार्य सम्पन्न गरेको जनाएको छ। गाउँपालिकाको निर्णयअनुसार प्रत्येक घर तथा गोठका लागि एक–एक सेट सोलार प्यानल, ब्याट्री, कन्ट्रोलर, बत्ती र आवश्यक वायरिङ सामग्री उपलब्ध गराइएको हो। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरूको टोली लाभग्राहीकै घरमा पुगेर… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिकाको राहतमुखी नीतिः ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराइने

जलविद्युत्को केन्द्रका रूपमा परिचित मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रममा स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने महत्त्वपूर्ण योजना अघि सारेको छ। शुक्रबार प्रस्तुत प्रस्तावित नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था गरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार ५० युनिटसम्मको विद्युत् उपभोगको महसुल गाउँपालिकाले नै व्यहोर्नेछ। गाउँपालिकाका ९ वटै वडाका करिब ४ हजार ४ सय घरधुरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। कार्यक्रम कार्यान्वयनका लागि करिब… पुरा पढौ

लमजुङमा पहिलो पटक ‘ओपन ई–फुटबल प्रतियोगिता’ सम्पन्न, आयुष गुरुङ बने च्याम्पियन

लमजुङमा पहिलो पटक आयोजना गरिएको ‘ओपन लमजुङ ई–फुटबल प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ। डिजिटल खेलकुद (ई–स्पोट्र्स) प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट ३६ जना सक्रिय खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आयुष गुरुङ प्रथम स्थान हासिल गर्न सफल भए। उनले नगद रु. १२ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी सिजन सिलवाल द्वितीय हुँदै नगद रु. ६ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए भने मञ्जिल तामाङ तृतीय स्थान हासिल गर्दै नगद रु. ३… पुरा पढौ

अभिभावकत्वलाई प्रभावकारी बनाउन ल्याण्ड स्टार इङ्लिस स्कुलको ‘आर्ट अफ पेरेन्टिङ’ प्रशिक्षण

लमजुङको बेँसीशहर नगरपालिका–८ स्थित ल्याण्ड स्टार इङ्लिस स्कुलले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘आर्ट अफ पेरेन्टिङ’ विषयक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा वरिष्ठ उत्प्रेरक डा. तारा जीले बाल मनोविज्ञान, सकारात्मक अभिभावकत्व, अनुशासनको सन्तुलित अभ्यास, बालबालिकासँग विश्वासिलो सम्बन्ध निर्माण तथा उनीहरूको भावनात्मक विकासका विविध पक्षबारे सहजीकरण गरेका थिए। उनले बदलिँदो सामाजिक परिवेश र प्रविधिमैत्री जीवनशैलीका कारण अभिभावकले आफ्ना सन्तानसँग गुणस्तरीय समय बिताउनु र उनीहरूको भावना तथा आवश्यकतालाई संवेदनशील रूपमा बुझ्नु आवश्यक रहेको बताए।… पुरा पढौ