लमजुङको बेसीशहरमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको आयोजनामा कार्यक्रमको गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रार बिमला भण्डारीले शुक्रबार उद्घाटन गर्नुभयको थियो । तालिममा एआईको प्रयोगमार्फत समाचार लेखन, तथ्य जाँच (फ्याक्ट चेक), सामग्री सम्पादन तथा डिजिटल पत्रकारितामा देखिएका नयाँ प्रविधिहरूबारे जानकारी गराउनुका साथै एआईको प्रयोग गर्दा अपनाउनुपर्ने नैतिकता, विश्वसनीयता र जोखिमका पक्षबारे समेत छलफल गरिएको थियो। तालिमले पत्रकारहरूलाई प्रविधिसँग अद्यावधिक हुन तथा डिजिटल युगमा प्रतिस्पर्धी बन्न…
पुरा पढौ