
सेढाई बन्धु समाज लमजुङले आफ्नो पहिलो वार्षिकोत्सव वृक्षरोपण गरेर मनाएको छ। २०८२ साल मंसिर ४ गते स्थापना भएको समाजले वार्षिकोत्सवका अवसरमा बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीस्थित त्रिवेणी त्र्यैलोक्येश्वर महादेव मन्दिर परिसरमा बेलको बिरुवा रोपेको जन्मदिनमा बृक्षरोपण अभियानका अध्यक्ष बासुदेव सेढाइले बताउनुभयो ।
ठूलो एकादशीको अवसर पारेर गरिएको वृक्षरोपणपछि समाजका अध्यक्ष नारायण कुसुम सेढाईंले जन्मदिनमा वृक्षरोपण गर्ने अभियानप्रति संस्थाको ऐक्यबद्धता रहेको बताउनुभयो।
उहाँले बढ्दो प्रदूषण र पृथ्वीको तापक्रमका कारण निम्तिन सक्ने प्राकृतिक विपत्तिको न्यूनीकरण तथा वातावरण संरक्षणका लागि वृक्षरोपण महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
हरेक व्यक्ति तथा संघसंस्थाले आफ्नो जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोपेर प्रकृति संरक्षणमा योगदान दिन सक्ने भन्दै उहाँले सम्पूर्ण सेढाई बन्धुलाई अभियानमा जोडिन आग्रह गर्नुभयो।
कार्यक्रममा समाजका पदाधिकारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।









