पर्यटन

असार महिनाको उत्कृष्ट कर्मचारीमा दिननाथ अधिकारी

जिल्ला प्रशासन कार्यालय लमजुङले प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत खरिदार दिननाथ अधिकारीलाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट कर्मचारी घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीमध्ये कार्यसम्पादन, अनुशासन, जिम्मेवारीबोध, समयपालना तथा सेवा प्रवाहमा देखाएको उत्कृष्ट योगदानका आधारमा अधिकारी उत्कृष्ट कर्मचारीका रूपमा छनोट भएका हुन्। उनलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बिहीबार प्रशंसा–पत्रसहित सम्मान गर्नुभयो। पर्वत जिल्ला फलेवास नगरपालिका–३ स्थायी घर भएका अधिकारी २०८० साउन ७ गतेदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यरत छन्। उनले फ्रन्ट डेस्कमा रही सेवाग्राहीलाई प्रभावकारी सेवा… पुरा पढौ

दुर्घटनामा परेका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ जल्केनीमा शनिबार गाउँपालिकाको बोलेरो जिप दुर्घटनामा परी घाइते भएका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान गरेका छन्। दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्काल प्रदेश अस्पताल, लमजुङ लगेर उपचार गरिएको थियो। चिकित्सकीय परीक्षणका क्रममा उनको ढाड र टाउकोमा सामान्य चोट तथा दुखाइ देखिएपछि थप उपचारका लागि शनिबार दिउँसो काठमाडौं प्रस्थान गरेका हुन्। शनिबार बिहान करिब ११ः२५ बजे बेसीशहर–चामे सडकखण्डअन्तर्गत जल्केनीमा गाउँपालिकाको ग १ झ ३३१ नम्बरको बोलेरो जिप सडकबाट करिब ४० मिटर तल मर्स्याङ्दी नदी किनारतर्फ… पुरा पढौ

राष्ट्रिय झण्डाका परिकल्पनाकार श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना

नेपालको राष्ट्रिय झण्डाका परिकल्पनाकार तथा लमजुङको इतिहासमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय व्यक्तित्व श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना गरिएको छ । लमजुङको बेसीशहर नगरपालिका–३ रानीकुवामा शुक्रबार विधीपूर्वक पुजाआजा गरी स्थापना गरिएको होे । श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान, लमजुङको पहलमा निर्माण गरिएको शालिक साउन १ गते स्थापना गरिएको हो। शालिक निर्माण तथा स्थापनाका लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्रीकान्त घिमिरेले शालिक स्थापना गर्नुको उद्देश्य इतिहासमा… पुरा पढौ

‘उत्पादन हातमा, अनुदान साथमा’ अभियानमा १३ उत्कृष्ट कृषक सम्मानित

कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यले लमजुङको बेसीशहर नगरपालिकाले ‘उत्पादन हातमा, अनुदान साथमा’ अभियानअन्तर्गत उत्कृष्ट उत्पादन गर्ने १३ जना कृषकलाई करिब २ लाख रुपैयाँ बराबरको उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ। बुधबार नगर प्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा बाली तथा मह उत्पादनमा उत्कृष्ट नतिजा हासिल गरेका कृषकहरूलाई सम्मानसहित प्रोत्साहन अनुदान प्रदान गरिएको हो। बाली उत्पादनतर्फ वडा नं ११ का सिताराम विश्वकर्मा सर्वोत्कृष्ट हुँदै रु.७८ हजार १२९ प्रोत्साहन अनुदान प्राप्त गर्नुभयो। त्यसैगरी मह उत्पादनतर्फ वडा नं ४… पुरा पढौ

बाढी–पहिरोको जोखिम बढ्दै, मर्स्याङ्दी गाउँपालिकाले जारी गर्‍यो सतर्कता अपिल

लगातारको वर्षासँगै मनसुन सक्रिय बनेपछि बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न थालेको भन्दै लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले बुधबार सार्वजनिक गरेको अपिलमा विगतका वर्षहरूमा बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको स्मरण गराउँदै यस वर्ष पनि निरन्तर वर्षाका कारण जोखिम बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेको हो। अपिलमा मौसम तथा विपद्सम्बन्धी पूर्वसूचना र पूर्वानुमानलाई गम्भीरतापूर्वक पालना गर्न, अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान तथा आफ्नो टोल–बस्तीमा निरन्तर सतर्क रहन… पुरा पढौ

२१ औँ गाउँसभाबाट ६८ करोड ८७ लाखको बजेट पारित, ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक विमोचन

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम तथा बजेट पारित गर्दै भव्य रूपमा सम्पन्न भएको छ। ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने मूल नारासहित सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु। ६८ करोड ८७ लाख १८ हजार ५ सय बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। गाउँसभाले बजेटसँगै विभिन्न महत्त्वपूर्ण विधेयक तथा प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित गरेको छ। पारित भएका विधेयकमध्ये विज्ञापन व्यवस्थापन तथा नियमन… पुरा पढौ

एक महिनाभित्र फोहर व्यवस्थापन नगरे गाडी रोक्ने चेतावनी

लमजुङको बेँसीसहरस्थित कर्पुरेश्वर टोल विकास समितिले फोहोर व्यवस्थापनमा बेँसीसहर नगरपालिकाले ठोस पहल नगरे साउन २१ गतेपछि फोहोर बोकेका गाडी सञ्चालनमा रोक लगाउने चेतावनी दिएको छ। समितिका संयोजक लोकबहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले साउन २१ गतेभित्र फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिकालाई आग्रह गर्दै सो अवधिसम्म पनि समस्या समाधान नभए कर्पुरेश्वर–दनैफाँट क्षेत्रबाट तल नगरपालिका क्षेत्रको फोहोर बोकेका सवारीसाधनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो। समितिका अनुसार बेँसीसहर नगरपालिका–८ अन्तर्गत मर्स्याङ्दी नदी किनारमा लामो समयदेखि अव्यवस्थित रूपमा फोहोर फालिँदै आएको छ। यसले… पुरा पढौ

नयाँ कार्यकालको सुरुवातसँगै लायन्स क्लबहरूको संयुक्त वृक्षारोपण

वर्ष २०२६ र २७ लायन्सको नयाँ कार्यकालको पहिलो दिन लायन्स क्लब अफ लमजुङ बेँसीसहर, लायन्स क्लब अफ लमजुङ टुगेदर वी क्यान, लायन्स क्लब अफ लमजुङ दरबार र लायन्स क्लब अफ लमजुङ टुगेदर वी सर्भले संयुक्त रूपमा बेसीशहर ७ चण्डीडाँडा गुम्बा क्षेत्रको तलपट्टि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। विश्वभर नै प्रत्येक वर्ष जुलाई १ देखि लायन्स क्लबको नयाँ कार्यकाल सुरु हुने परम्पराअनुसार लमजुङका चारवटै क्लबले नयाँ नेतृत्वको सुरुआत वातावरण संरक्षणसँग जोडिएको सामाजिक कार्यबाट गरेका हुन्। कार्यक्रममा करिब २५ वटा बिरुवा रोपिएको… पुरा पढौ

नेपाल पत्रकार महासंघ लमजुङको १७ औँ साधारणसभाबाट ६ बुँदे घोषणापत्र जारी

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको १७ औँ साधारणसभाको बन्दसत्रले संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गर्दै ६ बुँदे घोषणापत्र जारी गरेको छ। सुन्दरबजार नगपालिकाकामा भएको कार्यक्रममा महासंघका अध्यक्ष सन्देश पौडेलले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष निरज अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि व्यापक छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको हो। साधारणसभाले जारी गरेको घोषणापत्रमा सञ्चारकर्मीको हक–हित, पेशागत सुरक्षा, उचित पारिश्रमिक र स्वास्थ्य बीमाका विषयमा संस्थागत रूपमा निरन्तर काम गर्ने, नयाँ पत्रकार उत्पादन तथा क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता,… पुरा पढौ

वर्षायामसँगै लमजुङका जलविद्युत् आयोजनामा उत्पादन वृद्धि

वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव बढेपछि लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन उल्लेखनीय रूपमा बढेको छ। केही समयदेखि न्यून उत्पादन गरिरहेका अधिकांश आयोजना अहिले पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। जिल्लाको सबैभन्दा ठूलो ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मध्य मर्स्याङ्दी ‘ए’ आयोजना पनि पूर्ण क्षमतामै सञ्चालनमा रहेको छ। पानीको बहाव बढेसँगै अन्य जलविद्युत् आयोजनाहरूको उत्पादनमा पनि उल्लेखनीय सुधार आएको छ। ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ३० मेगावाटको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दी खोला,… पुरा पढौ