खेलकुद

गृृह जिल्लामा साम्बालाई सम्मानको ओइरो, फोटो सहित

लामो समयपछि गृह जिल्लामा आएकी राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी साम्बालाई जिल्लामा एकपछि अर्काे सङ्घ संस्थाले सम्मान गरेको छ । सोमबार जिल्ला खेलकुद बिकास समिति लमजुङ, प्याव्सन एवं त्रिवेणी युवाक्लव र मस्र्याङ्दी युवाक्लव, मानव सेवा आश्रम, प्रदेश अस्पताल, जिल्ला कराते संघ लगायतले बेसिशहरमा सम्मान गरेका हुन् । कार्यक्रम ल्याण्डस्टार बोर्डिङ स्कुल, युनिभर्सल एकेडमीका विद्यार्थीहरुलाई समेत लगिएको थियो । बालबालिका फुटवल खेलप्रति निकै आकर्षित हुने हुँदा फुटवल खेलाडी साम्बासगँ भेट गर्न पाउँदा निकै खुशी भएका थिए । विभिन्न ठाउँमा भएका कार्यक्रममा… पुरा पढौ

राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाई गाउँपालिकाद्धारा सम्मान

लमजुङको मर्स्याङदी गाउँपालिकाले राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाईे सम्मान गरेको छ । विहिबार गाउँपालिकामा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भण्डारी साम्बालाई सम्मान गरिएको हो । मस्र्याङदी गाउँपालिकाकोे सिम्पानीको पामचोकमा वि.सं. २०५४ जेठ १० गते जन्मनुभएकी सावित्रा भण्डारीले फुटवल खेलको माध्यमबाट गाउँ तथा जिल्लालाई देश विदेशमा चिनाउन सफल भएको भन्दै गाँउपालिकाले सम्मान गरेको पालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’ उपनामले चिनिन्छन्। सानै देखि आफू भन्दा ठूला दाईहरुसगँ फुटवल खेल्न मन पराउने भण्डारीले सन् २०१४… पुरा पढौ

त्रिवेणी क्लवको बार्षिक आय व्यय सार्वजनिक

लमजुङ जिल्लाकै सर्वाधिक चर्चित ३२ औं त्रिवेणी कपको सार्वजनिक सुनुवाई एवं दाताहरुलाई सम्मान कार्यक्रम गरिएको २०८२ गरिएको छ । शुक्रबार बेसीशहरमा सरोकारवालहरुको उपस्थितीमा आयव्यय सार्वजनिक गरिएको हो । आयोजक त्रिवेणी युवा क्लवका सहकोषाध्यक्ष सुमन श्रेष्ठले ३२ औं त्रिवेणी कपको १ करोड ३६ लाख १ हजार ७ सय ९९ रुपैयाँको आयव्यय सार्वजनिक गर्नुभएको थियो । जसमा बैदेशिक सहयोग ११ लाख १ हजार ८ सय १९, प्याराफिट टिकट आम्दानी ३० लाख ३० हजाार ६ सय, रसिद सहयोग २० लाख १ हजार ९… पुरा पढौ

फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ नामकरण

लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका–९ स्थित खुदी बजारको पुल वारी क्षेत्रलाई नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी “साम्बा” को सम्मानमा ’साम्बा चोक’ नामकरण गरिएको छ । सोमबार एक कार्यक्रम बिच सावित्राको फोटो सहितको होल्डिङ बोर्ड राखेर ‘साम्बा चोक’ उद्घाटन गरिएको हो । मस्र्याङ्दी गाउँ पालिकाका अध्यक्ष अर्जुन गुरुङले साम्बा चोकको उद्घाटन गर्नुभएको हो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न चोक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी… पुरा पढौ

गाउँशहरमा बृहत चैते दशैं मेलाको आयोजना

चैत २३ गते परेको चैतेदशैंको अवसरमा ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको लमजुङको गाउँशहरमा चैते दशैंको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ। लमजुङको बेसीशहर नगरपालिका ३ गाउँशहरमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व र जोगाउँदै गाउँशहर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी देश विदेशमा चिनाउन चैतेदशैं मेलाका साथ सांस्कृतिक उत्सव आयोजना गरिएको हो । चैत दशैंको अवसरमा आयोजना गरिएको फूटवल प्रतियोगितामा विहिबार भएको फाइनल खेलमा आयोजक कालिका युवा क्लव गाउँशहर प्रथम भएको छ भने युग परिवर्तनशिल युवा क्लव… पुरा पढौ

२१ सय मिटरको उचाईमा आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कपको आयोजना

लमजुङको क्होलासोथर गाउँपालिकाको घलेगाउँमा आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । अगामी बैशाख १ गतेबाट प्रतियोगिताको बारेमा शनिबार बेसीशहरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । स्मार्ट भिलेजको रुपमा घोषणा भएको घलेगाउँले ग्रामिण पर्यटनको अवधारणा ल्याई पर्यटन प्रवद्र्धनका रुपमा होमस्टे सुरु गरेको २५ औं वर्ष पूरा गरेको अवसरमा यो वर्ष भव्य रुपमा विषेश कार्यक्रमको आयोजना गरेको जानकारी गराइएको छ ।बैशाख १ गतेबाट घलेगाउँ ग्रामिण पर्यटन रजत जयन्ती अन्र्तगत फुटवल लगायत विभिन्न सास्कृतिक कार्यक्रम साताव्यापी रुपमा… पुरा पढौ

१४ औं दिनमा प्रथम खेलकुद तथा साँस्कृतिक महोत्सवको समापन

लमजुङ जिल्लामा पहिलो पटक आयोजना गरिएको लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सोमबार समापन गरिएको छ । गत फागुन ६ गतेबाट सुरु महोत्सवको १४ औं दिनमा समापन गरिएको हो । त्यस्तैगरी महोत्सव अवधीभर भएको विभिन्न खेलकुदका विजेताहरुलाई पनि पुुरस्कार वितरण गरिएको छ । युगल ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका रोहित गुरुङ र सुभाष श्रेष्ठले १५ हजार रुपैया, द्धितीय हुने विनोद गुरुङ र प्रल्हाद बोहराले १० हजार रुपैया प्राप्त गरेका छन् । त्यस्तै कराँते प्रतियोगितामा बेसीशहर नगरपालिकाले ११ स्वर्ण, ५ रजत र ३… पुरा पढौ

खेलकुद तथा साँस्कृतिक महोत्सव सुरु, सञ्चारमन्त्री गुरुङद्धारा उद्घाटन

लमजुङ जिल्लामा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सुरु भएको छ । मंगलबार सुरु महोत्सवको नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले सरकारले ल्याएका अध्यादेशहरू ६० दिनभित्र दुबै सदनबाट पारित भएर अघि बढ्ने बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारले ल्याएका अध्यादेश लोक कल्याणकारी भएकाले पारित हुन्छन् । दशकौंका पुराना कानुनहरूले अहिलेको परिस्थितिअनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन… पुरा पढौ

प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव हुने

लमजुङ जिल्लमा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । शनिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आगामी फागुन ६ गते देखि १८ गतेसम्म खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराइएको हो । बेसीशहरको सहजी खेल मैदानमा हुने कार्यक्रममाा छेलो, स्नुकर, कराँते, महिला र पुरुषको छुट्टा छुट्टै भलिवल प्रतियोगिता, तथा आमा समूहको सामुहिक नृत्य प्रतियोगिता तथा विविध साँस्कृति कार्यक्रमको आयोजना गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो । महोत्सवमा १ करोड ४२… पुरा पढौ

ए.पि.एफ फुटबल क्लव काठमाडौं चुम्यो ३२ औं त्रिवेणी कप

लमजुङको सदरमुकाम बेसीशहरमा भएको त्रिवेणी कप फुटवल प्रतियोगितमा ए.पि.एफ फुटबल क्लव काठमाडौंले उपाधी उचालेको छ । शनिबार त्रिवेणी रगंशालामा बुद्ध युथ क्लव (वि.वाई.सी ) भोटेओडार लमजुङलाई ट्राईबेकरमा ३ का विरुद्ध ४ गोलले हराउँदै विभागिय टिम ए.पि.एफ फुटबल क्लव काठमाडौले ३२ औं त्रिवेणी कप उचालेको हो । खेल सुरुवातको १२ औं मिनेटमा वि.वाइ.सि का समिर तामाङले गोल गरी अग्रता दिलाएका थिए भने ३० औं मिनेटमा ए.पि.एफ फुटबल क्लवका युवराज खड्काले गोल गरी खेललाई बराबरीमा ल्याए ।त्यस्तैगरी दोस्रो हाफ पछिको ५१ औं… पुरा पढौ