खेलकुद

१९ वर्ष पछि पुनः त्रिवेणी कप उचाल्दै लालीगुराँस युवा क्लव

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी लालीगुराँस युवा क्लब भुजुङले उचालेको छ । शनिबार सदरमुकाम बेसीशहरको सहजी रगंशालामा १० औं हजार दर्शकको उपस्थितीमा भएको निकै प्रतिप्रर्धात्मक खेलमा बेसीशहर युथ सोसाइटीलाई शुन्यका विरुद्ध १ गोलले पछी पार्दै लाली गुराँस युवाक्लव भुजुङले त्रिवेणी कपको उपाधीको साथमा नगद रु ८ लाख प्राप्त गरेको छ । भुजुङले पहिलो पटक ०६१ मा त्रिवेणी कप उपाधी प्राप्त गरेको थियो । बेसीशहर युथ सोसाइटीले भने उपविजेतामा चित्त बुझाउँदै नगद… पुरा पढौ

त्रिवेणी कप प्रतियोगिता आज थप २ टिम सेमिफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा आज थप २ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । विहिबारको पहिलो खेलमा लालिगुराँस युवाक्लब भुजुङले त्रिभुवन आर्मी क्लबलाई शुन्यका बिरुद्ध २ गोलले हराउँदै सेमिफाइनलमा प्रबेश गरेको छ । लालिगुराँस भुजुङका विशाल घलाङ र निरज चौधरीले गरेको गोलले नै भुजुङलाई सेमिफाइनको यात्रामा पुराएको हो । लालिगुराँस भुजुङ कै विशाल घलाङ म्यान अफ द म्याच समेत घोषणा भयर नगद ५ हजार प्राप्त गरेका छन् । त्यस्तै दोश्रो… पुरा पढौ

त्रिवेणी कप प्रतियोगितामा २ टिम सेमिफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा २ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार अभिषेक चर्च रजहर नवलपुर र सुन्दरबजार युवाक्लब लमजुङ बिच पहिलो खेल भएको थियो । खेल अबधिभर कुनै पनि तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरबाट सुन्दरबजार युवाक्लबलाई हराउँदै अभिषेक चर्च रजहर सेमिफाइनलमा प्रबेश गरेको छ । त्यस्तै दोश्रो खेल नेपाल पुलिस क्लब र लाङ्दी देवी युवाक्लब नाल्मा लमजुङ बिच सम्पन्न भएको छ । निकै… पुरा पढौ

त्रिवेणी कपमा सोमबार ३ खेल सम्पन्न, सुन्दरबजारका एरोन थापाको ह्याट्रिक

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको ३१ औं संस्करण अन्तरगत सोमबार ३ वटा खेल सम्पन्न भएको छ । सोमबार भएको खेलबाट विभागीय टीम नेपाल पुलिससंगै बेसीशहर युथ सोसाइटी, सुन्दरबजार फुटबल क्लव क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लवले चामे युवा समूह मनाङलाई शुन्यका विरुद्ध २ गोल गरेको छ । पुलिस क्लवका प्रविण थापाले खेलको दोस्रो हाफमा एक गोल गरेका थिए भने चामेका आइकिङ गोफुले गरेको आत्माघाती गोलले पुलिस क्लवलाई नै अग्रता… पुरा पढौ

त्रिवेणी कप सुरु, पहिलो खेलमा सुन्दरबजार विजयी

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको ३१ औं संस्करण सुरु भएको छ । सदरमुकाम बेसीशहरको सहजी खेल मैदानमा बिहिवार एक समारोहका बिच गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले रेफ्रिलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभयको हो । उत्घाटन खेलमा आयोजक त्रिवेणी युवा क्लव बेसिशहर र सुन्दरबजार युवा क्लब सुन्दरबजार बिच भएको छ ।खेलमा आयोजक त्रिवेणी युवाक्लव बेसीशहरलाई १ का विरुद्ध ३ गोल गर्दै सुन्दरबजार युवाक्लव सुन्दरबजार विजयी भएको छ । त्रिवेणी कप फुटबल प्रतियोगिताको उत्घाटन कार्यक्रम… पुरा पढौ

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप प्रतियोगीताको तयारी पुरा

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको तयारी पुरा भएको छ । पुस १२ गतेबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यो बर्ष नेपाल आर्मी क्लब र र महेन्द्र पुलिस क्लब सहित देशभरका २१ टिमले खेलमा सहभागिता जनाउने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । खेलको तयारीका लागि मैदान सम्याउने, दर्शकका लागि बसेर हेर्न मिल्ने प्याराफिटको ब्यवस्था मिलाउने, मञ्च निर्माण गर्ने, टिम दर्ता गर्ने लगायतका सम्पूर्ण काम सम्पन्न भएको अध्यक्ष… पुरा पढौ

चौँथो मेयर कपको उपाधी बेसीशहर १ उदिपुरको पोल्टामा

लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरिएको चौँथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नं. १ उदिपूर को टिमले हात पारेको छ । सहजी खेल मैदानमा आईतबार भएको फाइनल खेलमा वडा नं. १ उदिपूरले वडा नं. १० लाई ३–२ गोल अन्तरले हराउँदै चौँथो मेयर कप २०८० वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो । बेसीशहर १० बाँझाखेतले भने उपविजेतामा चित्त वुझाएको छ । विजेता वडा नं. १ उलिपूरलेले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।… पुरा पढौ

३१ औँ त्रिवेणी कपको पुरस्कार राशीमा एकैपटकमा भारी बृद्धी

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको पुरस्कार राशीमा भारी बृद्धी गरिएको छ । मंगलबार बेसीसहरमा आयोजना गरिएको पत्रकार मम्मेलन यस्तो जानकारी गराइएको हो । गतवर्ष प्रथम पुरस्कार ५ लाख दिएको क्लवले यसवर्ष ३ लाख रुपैया थप गरी त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछन् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १÷१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक… पुरा पढौ

बेसीशहरमा राष्ट्रपती रनिङ शिल्डको तयारी तिव्र

लमजुङको बेसिशहर नगरपालिकामा छैटौं राष्ट्रपती रनिङ शिल्डको तयारी सुरु गरिएको छ । यहि मंसिरको १४, १५ र १६ गते ३ दिनसम्म बेसीशहरमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरिएको हो । खेलकुदलाई व्यवस्थित, अनुशासित र मर्यादित बनाउन जनविकास मा.विका प्रधानाध्यापक एकदेव घिमिरेको संयोजकत्वमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा भूपू बोर्डिङका प्रिन्सिपल विनोद गुरुङ, बुद्ध मेमोरियल बोर्डिङका प्रिन्सिपल मोहन बहादुर राउत, शिक्षक राजु राउत, बालकुमारी अधिकारी, नीलबहादुर गुरुङ, भरत बहादुर खड्का, बेसीशहर शिक्षा शाखाका प्राविधिक… पुरा पढौ

२ महिनाको कसरतमा बन्यो त्रिवेणी युवा क्लव कार्यसमिति

लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित हुुनुभएको छ । गत २ महिना अघि देखि स्थगित भएको क्लबको कार्यसमिति चयन प्रकृया आइतबार सम्पन्न भएपछि घिमिरे अध्यक्ष बन्नुभएको हो ।अध्यक्षको लागि विनोद गुरुङ, टेकजगं गुरुङ र राजकुमार घिमिरेको उमेद्वारी परेको थियो । त्यस्तै उपाध्यक्षमा टेकजगं गुरुङ र खुशीजगं गुरुङ, सचिवमा प्रविण वाग्ले, र कोषाध्यक्षमा प्रकाश घले निर्वाचित हुनुभएको छ ।यस अघि गत भदौ ३० गते भएको क्लवबको १२ औं अधिवेसनमा उपाध्यक्षका लागि खुशीजगं गुरुङ र केशबहादुर… पुरा पढौ