३३ औँ त्रिवेणी कप सुरु, पहिलो खेलमा एपिएफ ५ गोल गर्दै विजयी

-


     भरत बाबु घिमिरे    
     पौष १२ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीता सुरु भएको छ । कार्यक्रमका प्रमुुख अतिथीे गण्डकी प्रदेशका वन तथा बातावरण मन्त्री भेषबहादुर पौडेलले सहजी खेल मैदानमा प्रतियोगिताका उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, वडा नं ८ अध्यक्ष पवित्रा राना, त्रिवेणी क्लवका संस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष टेकजगं गुरुङको अध्यक्षतामा भएको थियो भने पुर्व अध्यक्ष विनोद गुरुङले सञ्चालन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ, मस्र्याङदी गाउँपालिकाका प्रमुम अर्जुन गुरुङ, क्व्होलासोथर गाउँपालिकाका प्रमुख सुर्य गुरुङ, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा पुर्व राष्ट्रिय खेलाडी सुवास गुरुङ र ब्रिटिस सेनाका क्याप्टेन एवं क्लवका पुर्व खेलाडी दिपकराज घलेलाई सम्मान गरिएको थियो ।

कार्यक्रम उद्घाटन पश्चात भएको पहिलो खेलमा विभागीय टीम एपीएफले ५–० गोल अन्तरले सुन्दरबजार फुटबल क्लव सुन्दरबजार लमजुङलाई हराएको छ । आजको पहिलो खेलमा विभागीय टीम एपीएफका समीर ठोकरले पहिलो हाफ मै लगातार २ र दोस्रो हाफ पछि १ गरि जम्मा ३ गोल गरि पहिलो खेलमा नै ह्याट्रिक गर्न सफल भएका छन् । एपिएफ गतवर्ष भएको ३२ औं त्रिवेणी कपको विजेता समेत हो ।

आइतबारको पहिलो खेल विहान ११ बजे एन आर टि काठमाडौं र भानु यूनाइटेड चक्रपथ काठमाडौं विच हुने छ भने दोस्रो खेल सूर्यपुर चितवन र लमजुङ मस्र्याङदी युवाक्लव बेसीशहर विच हुने छ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा देशभरबाट १६ टिम भिड्दै छन् । प्रतियोगितामा आयोजक त्रिवेणी, लमजुङ मस्र्याङ्दी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लब भोटेओडार, लाङ्दीदेवी युवा क्लब नाल्मा, लालीगुराँस युवा क्लब भुजुङ, ठडाराई अधिकारी समाज दिहीथोक, सूर्यपुर फुटबल क्लब चितवन, चक्रपथ युथ क्लब काठमाडौं, रोड्स रामपुर फुटबल क्लब रामपुर चितवन र समाज कल्याण युवा क्लब काठमाडौंले खेल्नेछन् ।

त्यस्तैगरी प्रतियोगितामा काठमाडौंस्थित चित्लाङ फुटबल क्लब, न्यूरोड फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, विभागीय टीम एपीएफ, सातदोबाटो फुटबल क्लब र टोखा भगवती फुटबल क्लब आमन्त्रित टिम रहको आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ ।

प्रतियोगितामा विजेताले १२ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५्⁄२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।