बेसीशहर नगरपालिकामा छैटौं नगर कप सुरु

-


     नयाँ दीप    
     मंसिर १२ गते २०८२ मा प्रकाशित


लमजुङ सदरमुकाम समेत बेसीशहर नगरपालिकामा छैटौं नगर कप वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विहिवार एक कार्यक्रमका विच बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंङ अर्यालले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख अर्यालले प्रतियोगितामा सहभागी खेलाडीलाई नियमपूर्वक, अनुशासित र लगनशिल भएर खेल खेल्न आग्रह गर्नुभयो । यस प्रतियोगिताले स्थानिय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै उत्कृष्ट खेलाडी पहिचानमा सहयोग पुग्ने नगरप्रमुख अर्यालले वताउनुभयो ।

नगर खेलकुद समितिका अध्यक्ष सिजन श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख पदमा गुरुङ, प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारी, प्रहरी निरिक्षक अभिषेक पाण्डे, ११ वटै वडाका वडाअध्यक्षहरु, खेलकुद विकास समितिका पदाधिकारी तथा खेलप्रेमी व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन लमजुङ स्र्पोटका सञ्चालक सुनिल खनालले गर्नुभएको थियो ।

प्रतियोगिताको विजेतालाई नगद १ लाखको साथमा मेयर कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान पाउनेछन् भने उपविजेतालाई नगद ५० हजारको साथमा रजत पदक र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद, स्वर्ण पदक प्रदान गरिनेछ भने उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई जनही नगद २÷२ हजारका साथमा प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ ।

बेसीशहर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले आयोजना गरेको नगर कप फुटबल प्रतियोगितामा ११ वटै वडाले सहभागिता जनाएका छन् ।

बेसीशहर ७ स्थित सहजि खेलमैदानमा “स्वास्थ्य अनुशासन गतिशिलता स्थानिय खेलाडिलाई प्रोत्साहन र प्राथमिकता ”भन्ने नाराका साथ सुरु भएको प्रतियोगिता आगामि मंसिर १५ गतेसम्म हुनेछ ।