खेलकुद

त्रिवेणी कपमा सोमबार २ टिम क्वाटर फाइनलमा प्रवेश

लमजुङको बेसीशहरमा शनिबारदेखि सुरु ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीता सोमबार दुई खेल सम्पन्न भएको छ । सोमबारको भएको पहिलो खेलमा लालीगुराँस युथ क्लब, भुजुङले ‘ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गर्दै त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब लालीगुराँसले सेमिफाइनल प्रवेश गर्न ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र बुद्ध युथ क्लबबीचको विजेतासँग खेल्नेछ। त्यस्तै सोमबारको दोस्रो खेलमा ठाडाराई अधिकारी समाज लमजुङ र समाज कल्याण विच भएको खेलमा निर्धारित समयसम्म दुवै टिमबाट… पुरा पढौ

३३ औँ त्रिवेणी कप सुरु, पहिलो खेलमा एपिएफ ५ गोल गर्दै विजयी

लमजुङको बेसीशहर ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीता सुरु भएको छ । कार्यक्रमका प्रमुुख अतिथीे गण्डकी प्रदेशका वन तथा बातावरण मन्त्री भेषबहादुर पौडेलले सहजी खेल मैदानमा प्रतियोगिताका उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, वडा नं ८ अध्यक्ष पवित्रा राना, त्रिवेणी क्लवका संस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष टेकजगं गुरुङको अध्यक्षतामा भएको थियो भने पुर्व अध्यक्ष विनोद गुरुङले सञ्चालन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ,… पुरा पढौ

जनकल्याण माविको वार्षिकोत्सवमा विविध कार्यक्रम

लमजुङको जिल्लाको बेसीशहर नगरपालिका वडा नं १ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको ७४ औं बार्षिक उत्सव तथा ४६ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । मगंलबार विद्यालय परिषरमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य टिका कुमारी बस्यालको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा विद्यालयक प्रधानाध्यापक सूर्य बहादुर अधिकारीले विद्यालयको शैक्षिक गतिविधी, समस्या, चुनौती र भावी लक्ष्य तथा योजना समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा शिक्षक गोविन्दप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बार्षिकोत्सवको… पुरा पढौ

प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु

लमजुङको दोर्दी गाउँपालिकाको नौथर शेराबजारमा पहिलोपटक दोर्दी खेलकुद, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको मगंलबार एक समारोहका विच दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुुरुङ, प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे, लगायतको उपस्थिती रहेको थियो । दोर्दी गाउँपालिकाको कृषि तथा पर्यटनको विकास, आन्तरिक व्यापार, लोककला–संस्कृतिको संरक्षण तथा प्रवद्र्धन भन्ने नाराका साथ गाउँपालिकाको आयोजनामा पुस ८ देखि १० गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो। दोर्दी गाउँपालिकाको… पुरा पढौ

पुस १२ गतेबाट सुरु हुने ३३ औँ त्रिवेणी कपको तयारी तिब्र

फाइल फोटो यसबर्ष हुने ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीताको तयारीलाई तिब्र बनाइएको छ । आगामी पुस १२ गतेबाट हुने प्रतियोगीताको तयारी तिब्र पारिएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यतिवेला सहजी स्थित खेलकुद मैदान सम्याउने, सरसफाई गर्ने, आर्थिक सहयोग संकलन गर्ने, प्रचारप्रसार गर्ने लगायतका कार्यहरु भै रहेका छन् । यो वर्ष त्रिवेणी कपमा देशभरबाट १६ टिम भिड्दै छन् । प्रतियोगितामा आयोजक त्रिवेणी, लमजुङ मस्र्याङ्दी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लब भोटेओडार, लाङ्दीदेवी युवा क्लब नाल्मा, लालीगुराँस युवा क्लब… पुरा पढौ

जिल्लाकै ठूलो खेल मैदान मैदानमा शौचालय नहुँदा समस्या

लमजुङको सदरमुकाम बेसीशहरको सहजी खेल मैदानमा सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको छ । खेल मैदानमा खेल खेल्ने जाने खेलाडीहरुलाई तथा हेर्ने जाने दर्शकहरु समस्या हुने गरेको हो । एकै पटकमा १५ हजार सम्म दर्शक खेल हेर्न मिल्ने सो खेल मैदानमा शौचालय नहुँदा वरपरको घरहरुमा तथा नजिकैका खोला खोल्साहरुमा जानुपर्ने बाध्यता रहेको छ । जिल्ला स्तरको खेल हुँदा प्यास्टिकले बेरेर अस्थायी शौचालय बनाउने गरिएको छ ।त्रिवेणी कप खेल सञ्चालन हुँदा टिकट काटेर खेल हेर्न पुग्ने दर्शकहरुलाई शौचालयले समस्या बनाउँदा यसको… पुरा पढौ

१७ औं लमजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेसीशहर नगरपालिका प्रथम

१७ औं लमजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेसीशहर नगरपालिका प्रथम हुन सफल भएको छ । मस्र्याङदी गाउँपालिकामा सोमबार सम्पन्न खेलमा बेसीशहर नगरपालिकाले प्रथम हुँदै शिल्ड उचालेको हो । बेसीशहर नगरपालिकाबाट सहभागि खेलाडिहरुले १६ स्वर्ण, ८ रजत, ६ कास्य पदक प्राप्त गर्दै प्रथम भएका हुन् । त्यस्तैगरी ८ स्वर्ण, ११ रजत र ११ कास्य पदक प्राप्त गरी राइनास नगरपालिका द्धितीय भएको छ भने ६ स्वर्ण, ४ रजत र ६ कास्य पदक प्राप्त गरी मध्यनेपाल नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ… पुरा पढौ

बेसीशहर नगरपालिकामा छैटौं नगर कप सुरु

लमजुङ सदरमुकाम समेत बेसीशहर नगरपालिकामा छैटौं नगर कप वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विहिवार एक कार्यक्रमका विच बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंङ अर्यालले उद्घाटन गर्नुभयो । नगरप्रमुख अर्यालले प्रतियोगितामा सहभागी खेलाडीलाई नियमपूर्वक, अनुशासित र लगनशिल भएर खेल खेल्न आग्रह गर्नुभयो । यस प्रतियोगिताले स्थानिय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै उत्कृष्ट खेलाडी पहिचानमा सहयोग पुग्ने नगरप्रमुख अर्यालले वताउनुभयो । नगर खेलकुद समितिका अध्यक्ष सिजन श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख पदमा गुरुङ, प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे, बेसीशहर… पुरा पढौ

पालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

लमजुङको बेसीशहरमा नगरपालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बेसीशहरको सहजी खेल मैदानमा बिहिवार कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अर्याल र बेसीशहर नगरपालिका खेलकुद तथा शिक्षा शाखा प्रमुख सिर्जना चिलुवाले सभ्य, मर्यादित र अनुशासन भएर खेल खेल्नको लागि विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो । उद्घाटन कार्यक्रम बेसीशहर नगरपालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक भुपु सैनिक बोडिङ स्कुलका प्रिन्सिपल… पुरा पढौ

सातौं मर्स्याङ्दी कपमा हिमचुली मा.वि प्रथम

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा सुरु गरिएको सातौं मर्स्याङ्दी कप २०८२ मा हिमचुली अवासिय मा.वि प्रथम भएको छ । आइतबार सम्पन्न मर्स्याङ्दी कपमा १ सय ८ अंक प्राप्त गरी हिमचुली मा.वि प्रथम हुन सफल भएको हो । द्धितीय हुने महेन्द्र देव मा.वि त्यस्तैगरी १ सय ५ अंक प्राप्त गरेर महेन्द्र देव मा.वि द्धितीय भएको छ भने ८४ अंकसहित त्रिभुवन मावि तृतीय भएको छ ।कार्यक्रम समापन पश्चात विजेता खेलाडी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ र कार्यक्रमका अध्यक्ष युवा… पुरा पढौ