
लमजुङको जिल्लाको बेसीशहर नगरपालिका वडा नं १ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको ७४ औं बार्षिक उत्सव तथा ४६ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । मगंलबार विद्यालय परिषरमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य टिका कुमारी बस्यालको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयक प्रधानाध्यापक सूर्य बहादुर अधिकारीले विद्यालयको शैक्षिक गतिविधी, समस्या, चुनौती र भावी लक्ष्य तथा योजना समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा शिक्षक गोविन्दप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बार्षिकोत्सवको अवसरमा भएको विभिन्न खेलकुदका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयका जग्गादाता, चन्दादाताहरु, शिक्षक, विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । शिक्षक बद्रीनाथ खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने शिक्षक टिकाराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संकर पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक बद्री नाथ खनालले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमका साथै पिटी प्रर्दशन गरेका थिए ।









