खेलकुद

विश्वकप छनोट : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ । लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै नेपालले दुई लेगको खेलमा समग्रमा २–१ को निर्णायक अग्रता लिन सफल रह्यो । काठमाडौंमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपाललाई दोस्रो चरण पुग्नका लागि जित्नै पर्ने दबाब थियो । त्यसैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले सुरुदेखि आक्रामक… पुरा पढौ

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का विजयी भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् । क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् । खड्का ११ मतान्तरले विजयी भएका हुन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का… पुरा पढौ

समितिमा बस्न चाहने आकाक्षीं बढेपछि त्रिवेणी युवा क्लवको बन्द सत्र स्थगीत

लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको बन्द सत्र स्थगीत भएको छ । शुक्रबारबाट बेसीशहर क्लवको १२ औ अधिवेसन सुरु भएको थियो । शनिबार क्लवको नयाँ कार्य समिति चयन गर्ने कार्य तालिका भए पनि क्लवमा बस्न चाहने आकांक्षीको संख्या बढेसगँै बन्द सत्र केहि दिनको लागि पछाडी सारिएको बताइएको छ । १३ सदस्यिय कार्य समितिको लागि अध्यक्षमा ३ जना उपाध्यक्षमा २ जना र कोषाध्यक्षमा २ जनाको उमेदवारी परेको थियो । अध्यक्षको लागि हाल सम्म भैरहेका अध्यक्ष विनोद गुरुङ, टेकजगं गुरुङ… पुरा पढौ

क्यानले एसिया कप २०२३ का लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । एसिया कपका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । एसिया कपमा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत र पाकिस्तान पनि छ । एसिया कपको मुख्य प्रतिस्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्ने भएको छ । नेपालले स्थानीय पाकिस्तानी टोलीसँग केही अभ्यास खेल खेल्ने क्यानले जानकारी दिएको छ। एसिया कपको आयोजक राष्ट्र… पुरा पढौ

नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकपबाट दुई खेल टाढा

काठमाडौं, फागुन २८ गते । नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरव इमिरेट्स (युएई)लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।  जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको नेपाल अब विश्वकप छनोटबाट दुई खेल मात्र टाढा छ । नेपाललाई विश्वकपमा छनोट हुन अब लिग–२ को अन्तिम तथा पपुवा न्युगिनी (पीएनजी) र युएईविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । नेपालले घरेलु मैदानमा तेस्रो खेल सोमबार पीएनजी र अन्तिम खेल चैत… पुरा पढौ

चौथो अध्यक्ष कपमा वडा नं ५ लाई उपाधि

स्याङजा, फागुन ११ गते । कालिगण्डकी गाउँपालिकाले वडा नं ७ मिर्मीमा गरेको चौथो अध्यक्ष कप तजा बृहत खेलकुद महोत्सबमा वडा नं ५ ले उपाधि जितेको छ । वडा नं ५ ले पाचँ स्वर्ण र पाचँ रजत पदक हात पार्दै पहिलो बनेको हो ।यस्तै पाचै स्वर्ण जितेको वडा नं ७ ले एक रजत र पाचँ कास्य सहित दोेस्रो, तेस्रो भएको वडा नं १ ले चार स्वर्ण, एक रजत र छ कास्य जितेको हो । वडा नं ३ ले तीन स्वर्ण, एक… पुरा पढौ

आईसीसी लिग–२ : नेपाल चारै खेलमा विजयी

काठमाडौं, फागुन ९ गते । कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ ।   नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन-तीन विकेटले पराजित गरेको थियो । जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेटको क्षतिमा… पुरा पढौ

नेपाललाई स्कटल्यान्डको दुई सय १३ रनको लक्ष्य

९ फागुन २०७९, मङ्गलबार काठमाडौं, फागुन ९ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपालाई दुई सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो । आज जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले… पुरा पढौ

चौथो अध्यक्ष कप शुरु

पोखरा, फागुन ९ गते । कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु भएको छ । मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुने छन् ।पालिकामा खेलकुदका बिकास गर्ने उदेश्य आयोजना गरिएको अध्यक्ष कपमा १९÷१९ स्वर्ण, रजत र कास्यमा हुने प्रतिस्पर्धा हुने पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । पालिकाका सात वडाका ६४४ जना खेलाडी प्रतियोगिता दुई दिन संचालन हुने थापाले बताउनुभयो ।प्रतियागिताको संघिय सभामुख देबराज घिमिरेले उद्घाटन गर्नु भएको… पुरा पढौ

सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोस्गेइलीलाई

आज भएको सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोस्गेइलीले जितेका छन् भने महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाइले हालिल गरेकी छन् । पोखरामा आज सम्पन्न म्याराथन(४२.१९५) किमी दौडमा स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेण्डमा निर्धारिता दूरी पूरा गरी उक्त उपाधि हासिल गरेका हुन् । उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले १६ औं संस्करणमा सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । यसैगरी केन्याकै धावक जुलियस मोरियकीले… पुरा पढौ