जिल्लाकै ठूलो खेल मैदान मैदानमा शौचालय नहुँदा समस्या

-


     सृजना बराल     
     मंसिर २३ गते २०८२ मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरको सहजी खेल मैदानमा सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको छ । खेल मैदानमा खेल खेल्ने जाने खेलाडीहरुलाई तथा हेर्ने जाने दर्शकहरु समस्या हुने गरेको हो ।

एकै पटकमा १५ हजार सम्म दर्शक खेल हेर्न मिल्ने सो खेल मैदानमा शौचालय नहुँदा वरपरको घरहरुमा तथा नजिकैका खोला खोल्साहरुमा जानुपर्ने बाध्यता रहेको छ । जिल्ला स्तरको खेल हुँदा प्यास्टिकले बेरेर अस्थायी शौचालय बनाउने गरिएको छ ।
त्रिवेणी कप खेल सञ्चालन हुँदा टिकट काटेर खेल हेर्न पुग्ने दर्शकहरुलाई शौचालयले समस्या बनाउँदा यसको व्यवस्थापन गर्न सम्बन्धित निकायसगँ माग गरेका छन् ।

सो मैदानमा जिल्लाकै ठूलो १२ लाख पुरस्कार राशी रहेको राष्ट्रिय स्तरको त्रिवेणी कप, जिल्ला स्तरीय तथा स्थानीय स्तरका फुटवल, तथा भलिवल, एथलेटिक्स लगायत खेलहरु खेलाउने गरिएको छ भने मेला महोत्सव समेत सोही स्थानमा सञ्चालन गर्ने गरिएको छ ।

खेल मैदानमा आगामी पुस १२ गतेबाट सुरु हुने ३३ औं राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको समेत तयारी गरिएको छ ।