
लमजुङको दोर्दी गाउँपालकिाले पालिका भित्र स्थायी रुपमा बसोबास गर्ने नागरिकहरुका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । आइतबारबाट आफ्नै लगानीमा पालिकाले बीमा कार्यक्रम सुरुवात गरेको हो ।
दोर्दी गाउँपालिका भित्र बसोबास गर्ने ४ हजार २५ घरधुरीका २० हजार भन्दा बढी नागरिकको पालिकाले निशुल्क स्वास्थ्य विमा गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । सबै नागरिकको बीमा गर्न १ करोड ५० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
दोर्दी गाउँपालिका भित्र सञ्चालनमा रहेका जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । यसका लागि “जलवद्यिुतको आम्दानी–स्वास्थ्य बीमामा लगानी” नारा तय गरिएको छ । आफ्नो पालिकाभित्र बसोबास गर्ने कुनै पनि नागरिकले रकम अभावमा उपचार गर्न नसक्ने अवस्था नआओस् भन्नका लागि पालिकाले नै लगानी गरि बीमा कार्यक्रम ल्याएको अध्यक्ष अधिकारीको भनाई छ ।
गाउँपालिकाले आइतबार, सोमबार र मंगलबार वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी निशुल्क बीमा कार्यक्रमको सुरुवात गरेको हो । पालिकलाभित्रका सबै घरपरविारको साउन महिनाभित्र स्वास्थ्य बीमा गरिने र असोज १ गतेबाट सेवा लनि सकिने गाउँपालिकाले जनाएको छ ।
निशुल्क स्वास्थ्य बीमा गर्दा परविारमा ५ जना भन्दा बढी सदस्य भएमा समेत पालिकाले नै थप रकम उपलब्ध गराएर बीमा गराइदिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घलेले गाउँपालिकाले सुरुवात गरेको निःशुल्क स्वास्थ्य बीमाबारे जानकारी गराउनुभएको थियो ।









