समाचार

२०८२ सालभित्र सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने मानव सेवा आश्रमको लक्ष्य

मानव सेवाआश्रम लमजुङ शाखाको आयोजनामा शनिबार बेसीशहरमा आमा सेमिनार कार्यक्रमको गरिएको छ । कार्यक्रमको एक समारोहक विच ज्येष्ठ नागरिक आमा सानुमाया गुरुङले पानसमा बक्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । आमा सेमिनार कार्यक्रममा मानव सेवा आश्रमका परिकल्पनाकार तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीले मानवता, राष्ट्रियता, परोपकार, आफुलाई जन्मदिने माता पिताको महत्वबोध गराई, प्रेम, सद्भाव, करुणा भाव मातृत्व प्रेम जस्ता मानवीय गुणहरू जनजनमा प्रबद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा आफ्नै परिवारबाट पीडित भएर सडकमा आएका परिवारका सदस्यहरूलाई कसरी संरक्षण गर्ने, सडकपेटी एवं… पुरा पढौ

लमजुङको राइनासको हर्राबोटमा जिप दुर्घटना चालक सहित १३ जना घाइते

लमजुङको राइनास नगरपालिका वडा नं ८ हर्राबोटमा जिप दुर्घटना चालक सहित १३ जना घाइते छन् ।दुधपोखरी गाउपालिकाक वडा नं ४ सामघडेरीबाट सुन्दरबजार नगरपालिकका वडा नं ९ को भोटेवडारतर्फ आउँदै गरेको ग १ ज ६३६९ नम्बरको जिप शनिबार बिहान राइनासको हर्राबोटमा दुर्घटना भएको हो । जिपमा सवार १३ जना मध्ये गम्भिर घाईते भएका चालक सुन्दरबजार नपा– ९ का ३० बर्षिय पुरन गुरुङको अवस्था गम्भिर भएकोले भोटेवडार हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लगी एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुर चितवन लगिएको प्रहरीले… पुरा पढौ

नेपालको झन् नजिक न्यूनचापीय रेखा, भोलिदेखि फेरि धेरै ठाउँमा वर्षा हुने

एक–दुई दिनयता निष्कृय जस्तो देखिएको मनसुन शनिबारदेखि पुनः सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ ।त्यसको विस्तृत जानकारी दिन र पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ ।बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी गरी भोलिदेखि नदी तथा खोलाहरुमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ ।… पुरा पढौ

नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ

नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । दुई वर्षअघि ११ अर्ब रहेको रहेको सञ्चित नाफा बढेर हाल ३६ अर्ब ६७ करोड पुगेको हो । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षमा ३७ अर्ब बढाएको छ । दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेको आम्दानी अहिले करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको नाफा आर्थिक वर्ष ०७७÷७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८÷७९ मा खुद नाफा फेरि… पुरा पढौ

दोर्दीका सबै सरकारी कार्यालयमा निशुल्क विद्युतीय चुलो वितरण

लमजुङको दोर्दी गाउँपालिकाका सबै सरकारी कार्यलयमाा विद्युतिय चुलो वितरण गरिएको छ । दोर्दी गाउँपालिकामा उत्पादित विद्युत् दोर्दीमै खपत गर्ने उद्देश्यले पहिलो चरणमा गाउँपालिकामा रहेका सबै सरकारी कार्यालयमा विद्युतीय चुलो निशुल्क वितरण गरिएको हो । विहिबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्षले विद्युतिय चुलो वितरण गर्नुभएको छ । पहिलो चरणमा पालिका भित्र रहेका स्वास्थ्य चौकी, प्रहरी कार्यलय, वडा कार्यलय, विद्यालय लगायतका ७४ वटा सरकारी कार्यालयको लागि विद्युतीय चुलो बितरण गरिएको छ । दोर्दी गाउँपालिकाले पालिका भित्र निर्माण भएका हाइड्रो पावरको विद्युत् पालिकामा… पुरा पढौ

मानवसेवा आश्रमको १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम रुपन्देहीमा हुने

मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम ९राष्ट्रका लागि युवा० आयोजना गर्ने भएको छ। यही भाद्र ०५ देखि १३ गतेसम्म नौ दिने आवासीय ज्ञान हस्तान्तरण कार्यक्रम गर्न लागिएको आश्रमले जानकारी दिएको छ । यसपटक उक्त कार्यक्रम मानवसेवा आश्रमको शाखा कार्यालय रुपन्देही बुटवलमा हुनेछ । युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशिल र आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान हस्तान्तरण कार्यक्रम ९राष्ट्रका लागि युवा० को आयोजना गर्न लागिएको हो । आफुलाई दृढ, आत्मविश्वासी, करुणावान,… पुरा पढौ

डेंगी संक्रमित संख्या ११ हजार नाघ्यो, ८ जनाको मृत्यु

काठमाडौँ — नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेकाे छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेकाे छ । ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । उक्त जिल्लामा संक्रमितको संख्या ६ हजार ३०० पुगिसकेको छ ।अघिल्लो वर्ष काठमाडौँ जिल्ला डेंगीको हटस्पटमा बनेकोमा यो वर्ष सुनसरीमा डेंगी संक्रमण व्यापक फैलिएको हो । त्यसैगरी मोरङमा १ हजार ३९३,… पुरा पढौ

नक्कली नोट सहित लमजुङका एक युवक काठमाडौंमा पक्राउ

नक्कली नोटसहित लमजुङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी काठमाडौंबाट खटिएका टोलीले लमजुङका सुवास गुरुङ सहित ३ जनालाई पक्राउ गरेको हो । मंगलबार साँझ काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ स्थित गोलढुंगाबाट सशस्त्र प्रहरीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको हो । लमजुङको दोर्दी गाउँपालिका वडा नं २ घर भएका सुवास गुरुङ, खोटाङ दिप्रुङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे र रामेछापको गोकुलगंगा गाउँपालिका १ का मदन दमाईलाई पक्राउ गरेको हो ।गोलढुंगा नगिनी खोला स्थित स्थानीय हिम्मत बमको… पुरा पढौ

आदिवासी दिवसमा अस्पतालका विरामीलार्ई फलफूल वितरण

२९ औं विश्व आदिवासी दिवसका अवसरमा लमजुङ अस्पताल लमजुङका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् लमजुङको आयोजनामा बुधवार फलफूल वितरण गरिएको हो । लमजुङ अस्पतालमा विरामी भएर भर्ना भएका प्रसुती गृहदेखि वार्डसम्मका ५० जना विरामीलाई फलफूल वितरण गरिएको हो । आदिवासी दिवस र फलफूल वितरण कार्यक्रमका बारेमा मन्तव्य दिँदै महासंघ लमजुङका अध्यक्ष हरिजंग तामाङले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु आदिवासी भएकाले एसियामा आदिवासी जनजाती अगाडि देखिएको बताउनुभयो । युरोप अमेरिका आफुलाई विकसित देश भन्छन्… पुरा पढौ

बेसीशहर बजारका खाद्यान्न र किराना पसल अनुगमन

बुधबार बेसीशहर बजारमा खाद्यन्न र किराना पसल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यलय लमजुङको आगुवाईमा बुधबार बजार अनुमगन गरिएको हो । बेसीशहरको विभिन्न ९ वटा पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनमा विषेश गरी खाद्य सामाग्रीहरुको उत्पादन मिति, खरिद मुल्य विल र विक्री मूल्यको विल हेरिएको थियो । अनुगमनका क्रममा खाद्य सामाग्रीहरुमा लेवलिङ नगरिएको, मुल्यसूची नराखेको, म्याद गुज्रेका सामाग्री फेला परेका थिए ।अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामाग्री जफत गरिएको छ भने पसलमा साइनबोर्ड राख्न, खाद्य सामाग्रीको मूल्यसुची राख्न… पुरा पढौ