समाचार

मानव सेवा आश्रमले आमा सेमिनार कार्यक्रम गर्ने

मानव सेवाआश्रम लमजुङ शाखाको आयोजनामा एक दिवसीय आमा सेमिनार कार्यक्रमको आयोजना गरिने भएको छ । बुधवार मानव सेवा आश्रमको हलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आमा सेमिनारबारे जानकारी गराइएको हो ।आगामी २७ गते शनिवार बेसीशहर स्थित मनाङे चौतारामा रहेको होल बरण्डामा कार्यक्रमको आयोजना गरिने बताइएको छ । २०८२ सालभित्र महयोगापेक्षी वा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको छ । उक्त लक्ष्य वा संकल्पलाई पूरा गर्न राष्ट्रव्यापी रुपमा मानवता प्रबद्र्धनको कार्यक्रम गरिने भएको छ । आमा सेमिनार कार्यक्रममा मानवता,… पुरा पढौ

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय : अनिश्चितकालिन विद्यालय बन्द गर्नेसम्मको कार्यक्रम घाेषणा

शिक्षा विधेयकको विरुद्धमा निजी विद्यालयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारले संसदमा पेश गर्न लागेको शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् मंगलबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् । उनीहरुले विभिन्न चरणमा आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका छन् । आन्दोलनको कार्यक्रम घोषणा अनुरुप प्याब्सन, हिसान र नेशनल प्याब्सन पत्रकार सम्मेलन गरेको हो। २४ गते पालिका र जिल्ला प्रशासन सम्बन्धित कार्यालय, सम्बन्धित कार्यसमिति कार्यालय, शिक्षा विकास तथा समन्वय… पुरा पढौ

सोमबारदेखिको भारी वर्षासँगै आएको बाढीपहिरोले ४ को मृत्यु, ७ बेपत्ता

काठमाडौँ — सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सर्लाही, धनुषा र मकवानपुरमा गरी ४ जनाको मृत्यु भएको छ। ७ जना बेपत्ता छन्। तराईमा बाढी र पहाडमा पहिरोले धनजनको क्षति भएको छ। कैलालीमा ५ सय परिवार डुबानमा परेका छन्। भीमदत्त राजमार्गको दुई सय मिटर सडक भासिँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट तराईसँगको यातायात ठप्प भएको छ। सर्लाहीस्थित वाग्मती र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको र धनुषास्थित बसही खोलामा डुबेर एकको मृत्यु भएको हो। कमला नदीमा आएको बाढीमा दाउरा टिप्न… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँसकोटाले बताउनुभयो । ‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ”, उपकुलपति डा बाँस्कोटाले… पुरा पढौ

बेसीशहर बजारको एकतर्फि पार्किङ व्यवस्था प्रभावकारी कार्यन्वयनको खाँचो

लमजुङ सदरमुकाम बेसीशहर बजार क्षेत्रलाई व्यवस्थित बनाउनको लागि एकतर्फी पार्किङको व्यवस्था गरिए पनि त्यसको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन । बेसीशहर नगरपालिकाले जथाभावी सवारी पार्किङले बजार अव्यवस्थित बनाएको भन्दै तोकिएको स्थानमा एक दिनमा एकापट्टिको साईडमा मात्रै पार्किङ गर्ने निर्णय गरेको थियो । बेसीशहर बजारका ठाउँ ठाउँमा नो पार्किङ लेखिएको बोर्ड राखिए बोर्डको आडैमा लगेर पार्किङ गर्ने गरेको भेटिएको छ । साँघुरो सडकमा सवारी चाप बढ्दा सडक जाम तथा ट्राफिक व्यवस्थापन असहज भएको भन्दै एकतर्फी पार्किङको अभ्यास शुरु गरिएको भएपनि सोचे… पुरा पढौ

लमजुङमा ८० प्रतिशत धान रोपाई कार्य सम्पन्न

लमजुङमा ८० प्रतिशत धान रोपाई कार्य सम्पन्न भएको छ । जिल्लाका विभिन्न ठाउँमा सुरु भएको धान रोपाई कार्य साउनको चौथो हप्ता सम्म आइपुग्दा ८० प्रति रोपाई भएको बताइएको छ । केहि ठाउँमा जेठको पहिलो साता देखि नै रोपाइ सुरु हुने भय पनि यसपालि मनसुन ढिलो भयकाले र जेठको अन्तिम साताबाट रोपाइँ सुरु भयको छ । चाँडै मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै हुने गर्छ । पाखातिरका जग्गाहरुमा धान रोपाई गर्न बाँकी रहे पनि साउनको अन्तिम सम्म धान रोपाई… पुरा पढौ

लमजुङको मध्यनेपाल नगरपालिकाको नेटामा बर्थिङ सेन्टर स्थापना, सुरक्षित सुत्केरी गराउन सहज

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं १० नेटामा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । गाउँमै सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन बर्थिङ सेन्टरको स्थापना गरिएको हो । गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएसँगै नेटा तथा थानसिङवासीलाई सुरक्षित प्रसुति गराउन सदरमुकाम बेसीशहर, सुन्दरबजार वा रामबजार जानुपर्ने बाध्यता हटेको मध्यनेपाल नरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताएका छन् ।निर्माण कार्य सम्पन्न भई एक समारोहका विच बर्थिङ सेण्टरको मध्य नेपालका नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले उद्घाटन गरेका छन् । सेन्टरमा अहेब, अनमि तथा नर्सिङ स्टाफसमेत गरी ५ जना स्वास्थ्यकर्मीको… पुरा पढौ

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गो रोगका लक्षण र बच्ने उपाहहरु

यो एक प्रकारको भाईरल रोग हो।एडिस एजिप्टी नामक लाम्खुट्टेले यो रोग सार्दछ। डेङ्गुका लक्षणहरु सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ । त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन । शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ । तीन दिनको ज्वरोको चरण पार… पुरा पढौ

नागढुंगाको आपत्‌कालीन सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’

सिस्नेखोला सुरुङमार्गको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ । सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । यो सुरुङको कुल दूरी २.५५७ किलोमिटर हो । सडक विभागका अनुसार अब आपत्‌कालीन सुरुङ खन्ने काम सकिएको र फिनिसिङको काम गरिने छ । मुख्य सुरुङ निर्माणको काम भने जारी छ । उक्त सुरुङमा पनि अबको चार महिना भित्र ‘ब्रेक थ्रु’ गरिने दाबी आयोजनाको छ । यो सुरुङ कुल दूरी २.६८८ मध्ये २.१६३ किलोमिटर खनिसकिएको छ । अब ५२५… पुरा पढौ

संसद्‍ खुलाउनेबारे शीर्ष नेताहरूको दोस्रो बैठक पनि निष्कर्षविहीन

संसद्‍ अवरोध खुलाउने सम्बन्धमा शीर्ष नेताहरूबीच सोमबार बसेको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । बिहान बसेको बैठकमा सहमति नजुटेपछि साढे ३ बजेपछि अर्को चरणको बैठक डाकिएको थियो । तर नेताहरूबीच सहमति हुन नसक्दा मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने भन्दै सोमबारको बैठक टुंगिएको हो । यद्यपि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने संसद्‍को अवरोध खुलाउने विषयमा सबै सहमत रहेको र सकारात्मक रुपमा छलफल बढेको प्रतिक्रिया दिएका थिए ।… पुरा पढौ