
लमजुङको सदरमुकाम बेसीशहरमा घरभित्र गाडी पसेपछि तीन जना घाइते भएका छन् । मगंलबार दिउँसो बेसीशहर ७ क्याम्पस रोडमा स्थित भित्री सडक खण्डमा एभरेष्ट बैंकबाट तमु संग्राहलय तर्फ जादै गरेको ग घ च ५०७१ नं को बोलेरो जिप ब्रेक फेल भई सिर्जना श्रेष्ठको घरमा पसेको हो ।

होटल संचालनमा रहेको सो घरमा गाडी ठोकिन पुग्दा त्यहाँ बसिहरेका तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेसीशहर नपा वडा नं ९ पाखाथोककी ८० वर्षिय कुमारी राउत, क्याम्पस रोडमा बस्ने ६३ बर्षिय डम्बरकुमारी रोका मगर र ३८ बर्षिय सिर्जना श्रेष्ठ घाइते भएका छन् ।
ती मध्ये सिकिस्त विरामी डम्बरकुमारी रोकालाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात काठमाडौं वि.एण्ड.वि अस्पतालमा थप उपचारको लागि पठाइएको छ । रोकाको र मेरुडण्ड फ्याक्चर भएको र बाँया तर्फका ६ वटा करङ भाचिएको बताइएको छ ।
घरभित्र गाडी छिरेर ठोक्किएपछि होटलमा भएका सामाग्रीहरु समेत सबै फुटेको छ । सबै गर्दा ६ लाख रुपैया बराबरको क्षती भएको प्र.नि थानेश्वर चपाईले बताउनुभयो । जिप चालकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले नियन्त्रणमा लिएको छ ।