मिलिजुली सहकारीले महिलाहरुलाई आत्मनिर्भर बनाउने

-


     सुवास विक     
     जेठ १२ गते २०८१ मा प्रकाशित


लमजुङको राइनास नगरपालिका वडा नं ८ हर्राबोटमा रहेको मिलिजुली कृषि ताजा तरकारी उत्पादक सहकारी संस्थाले शनिबार १९ औँ वार्षिक साधरण सभा सम्पन्न गरेको छ । सहकारीकी अध्यक्ष विष्णुमाया धितालको अध्यक्षतामा भएको कार्यक्रममा राइनास नगरपालिकाका नगरप्रमूख खड्गबहादूर गुरुङ प्रमुख अतिथी रहनुभएको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले मिलिजुली ताजा तरकारी उत्पादन सहकारीले यस क्षेत्रमा रहेका नागरिकको जिविकोपार्जनमा महत्तवपूर्ण भूमिका खेलेको भन्दै आभार व्यक्त गर्नुभएको थियो । साथै प्रमुख अतिथी गुरुङले महिलाहरुद्धरा सञ्चालित सहकारी भएकाले महिलाहरुलाई थप आत्मनिर्भर बनाउन सहकारी अनवरत लागिरहेको र यस कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउन नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा सहकारीकी अध्यक्ष विष्णुमाया धितालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनिसा शाही गिरीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । साथै गतवर्षको एस.ई.ई मा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

सहकारीकी उपाध्यक्ष जमूना कडेलले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङ, सदस्य दुर्गा बहादुर, संस्थापक अध्यक्ष महमद मियाँ, वडा नं ८ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट, वडा सदस्यहरु कार्यपालिका सदस्य सुकबहादूर वि.क, कालिगण्डकी साकोसका अध्यक्ष मानबहादूर घर्ती, राइनास बहु प्रविधिक शिक्षालका प्रमूख सुदिप थापा, लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विभिन्न संघ संस्थाका प्रतिनिधि र सहकारीका सदस्यहरुको उपस्तिथी रहेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मनिसा शाही गिरीले गर्नुभएको थियो । हाल सहकारीमा ५ सय बढी महिला सदस्यहरु आवद्ध रहेका छन् ।