
आज बैशाख शुक्ल पूर्णिमा । एशियाका ज्योति, शान्तिका अग्रदूत शाक्यमुनी भगवान बुद्धको २५६८ औं जन्म जयन्ती आज देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति, निधन वैशाख शुक्ल पूर्णिमामै भएको थियो । मान्छेले जीवनमा पाउने दुःख पीडा दिक्क भएका उनी राजदरबारको सुखसयले छोडेर २९ बर्षको उमेरमा सिद्धार्थ गौतमले पत्नी र छोरा अनि राजदरबार त्यागेर शान्तिको खोजीमा भौंतारिए । भारतको गयामा उनले ठूलो तपस्या गरी ज्ञान प्राप्त गरे । उनले ज्ञान प्राप्त गरेको ठाउँ भएकाले भारतको गयासमेत तीर्थस्थल बनेको हो । उनले भारतको कुशीनगरमै देहत्याग समेत गरे । बैशाख पूर्णिमाका दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति राखेर बुद्धजयन्ती मनाउने गर्दछन् ।
२५६८ बर्ष अघि हालको लुम्बिनीमा रानी मायादेवी र राजा सुद्धोधनका पुत्ररत्नका रूपमा जन्मेका सिद्धार्थ गौतमले शान्तिका लागि पु¥याएको योगदानको स्मरण स्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ । विश्वभर अहिंसा र शान्तिको विचार फैलाउने भगवान बुद्धका बिचारलाइ पछि बुद्ध धर्मको रूपमा विकास गरियो । हिन्दू धर्मशास्त्रले समेत बुद्धलाइ भगवान विष्णुको अवतार मानेको छ ।
आजका दिन गुम्बा, विहार र चैत्यहरूमा बिधिपूर्क बुद्धको पूजा अराधना गरिदैं छ । लमजुङ लगायत देशका विभिन्न स्थानका साथै राजधानी काठमाडौंमा समेत बौद्ध धर्मावलम्बीहरूले विशेष झाँकी निकाल्दै छन् । बुद्ध जन्मस्थल लुम्बिनी, काठमाडौंका बौद्ध र स्वयम्भूमा समेत बिशेष कार्यक्रम हुँदैछन् ।
वैशाख पूर्णिमाको दिनलाई पुजाआजाका दृष्टीबाट पनि विशेष मान्ने गरिन्छ । यस शुभदिनमा दान दिने एवं पुण्यको काम गर्ने राम्रो अवसर मानिन्छ ।
यस दिनमा भगवान श्रीकृष्णका बाल्यकालका घनिष्ट साथी सुदामालाई भेट्नका लागि द्वारिका पुगेका थिए । तब भगवान कृष्णले उनलाई सत्य विनायक पूर्णिमा व्रतको विधान बताएका थिए । यही व्रतको प्रभावबाट सुदामाको जीवनको सबै दरिद्रता हटेको थियो भन्ने गरिन्छ ।
वैशाख महिनाको पूर्णिमामा धर्मराजको पूजा पनि गर्ने परम्परा छ । यसदिन व्रत बस्नाले अकाल मृत्युको भय नहुने बताइन्छ । यो पवित्र दिनमा ध्यान साधना गर्ने, शरीरलाई शुद्ध राख्ने, स्नान गर्ने, दान दिने, पुण्यको काम गर्ने जस्ता कार्यले राम्रो प्रतिफल मिल्ने विश्वास गरिन्छ ।