
नेपाल शिक्षक संघ लमजुङले स्मारिका प्रकाशनको तयारी तिब्र बनाएको छ । यहि जेठ १५ गते गणतन्त्र दिवशको अवसरमा संघले स्मारिका प्रकाशन गरी विमोचन गर्ने तयारी गरेको हो ।
नेपाल शिक्षक संघ जिल्ला कार्य समिति लमजुङले आफ्नो स्थापना दिवशको उपलध्यक्षमा प्रकाशन गर्न लागेको स्मारिकाको सबै तयारी पूरा भएको र अब छपाईको काम मात्रै बाँकी रहेका संघ अध्यक्ष सूर्य केसीले बताउनुभयो ।

“शैक्षिक उन्नयन स्मारिका २०८१” नामक स्मारिका शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतित्थ्यतामा विमोचन गरिने प्रकाशन समितिका संयोजक तिर्थराज तिवारीले बताउनुभयो । स्मारिका प्रकाशन समितिका सदस्यहरुमा सीता बराल, रमाकान्त अधिकारी, प्रदिपराज घिमिरे र राजिव पण्डित रहनुभएको छन् ।
स्मारिकामा शिक्षक संघको स्थापनादेखि हाल सम्मका कार्य समितिको विवरण, अन्य शैक्षिक गतिविधी, लेख रचना, सूचनाहरु लगायतका विषयबस्तु समेटिएको अध्यक्ष केसीले बताउनुभयो ।
स्मारिका विचोमन समारोहमा शिक्षक महासंघका केन्द्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको विशेष उपस्थिती रहने छ भने विभिन्न अग्रज तथा संस्थापन समितिलाई सम्मान गरिने कार्यक्रम तय भएको बताइएको छ । २०४७ सालमा स्थापना भएको नेपाल शिक्षक संघ लमजुङमा हाल १२ सय ६८ जना शिक्षकहरु आवद्ध रहेका छन् ।