
विश्व वातावरण दिवसको अवसरमा बुधबार लमजुुङ सदरमुकाम बेसीशहरमा सचेतनामुुलक प्रभातफेरी र विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । जन्मदिनमा वृक्षरोपण अभियान नेपालको आयोजनामा जलवायू परिवर्तनको प्रभाव रोक्न जन्मदिनमा वृक्षरोपण अभियानको भूमिका विद्यालयस्तरीय कविता प्रतियोगिता तथा प्रभातफेरी गरिएको हो ।
“प्रकृतिको संरक्षण, स्वच्छ वातावरण, असल संस्कारलाई प्रोत्साहन जन्मदिनमा वृक्षारोपण पृथ्वी बचाऔ अभियान” भन्ने नाराका साथ जन्मदिनमा वृक्षरोपण अभियान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले जन्मदिनमा वृक्षरोपण अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेकोे बताउनुुभयो । वर्तमान अवस्थामा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभाव न्युनिकरणका लागि पनि वृक्षारोपण अभियान महत्वपूर्ण रहेको बताउनुभयो ।
वातावरण प्रदुषणले मानव जिवनमा पारेको असरप्रति सचेत हुदै वातावरण संरक्षण तथा पर्यावरणिय सन्तुलन कायम राख्नका लागि सवै सचेत हुनुपर्ने नगरप्रमुख अर्यालको भनाई थियो ।
कविता वाचन प्रतियोगितामा पाणिनि संस्कृत मावि सुन्दरबजार ६ का आशिष भट्ट प्रथम, अर्थली प्याराडाइज बोर्डिङ बेसीशहरका रमित पाण्डे द्धितिय र विद्याज्योती मावि सुन्दरवजार ५ तार्कुका सुस्मिता न्यौपाने तृतिय भएका छन् । भुपु सैनिक आवासिय मा.वि का अनामिका गुरुङ र आर्दश बाल माविका सेविका जोशी सान्त्वना भएका छन् ।
कविता प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, द्धितीयलाई नगद ३ हजार, तृतीयलाई नगद २ हजार र सान्त्वना हुने दुई जनालाई एक\एक हजार नगद र पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका प्रसार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले बताउनुुभयो ।
प्रतियोगिताको निर्णायकमा दिपक प्रसाद पंडित, मातृकाप्रसाद खनाल र शारदा विसुराल पाण्डे रहनुभएको थियो । जलबायु परिवर्तनको प्रभाव रोक्न जन्मदिनमा वृक्षरोपण अभियानको भूमिका विषयक कविता प्रतियोगितामा विभिन्न सामुदायिक तथा सस्थांगत १५ विद्यालयका २५ जना विद्यार्थी सहभागी भएका थिए ।

जन्मदिनमा वृक्षारोपण अभियान नेपालका अध्यक्ष वाशुदेव सेढाइको अध्यक्षतामा भएको कार्यक्रममा बसन्त अधिकारी, लक्ष्मिप्रसाद मिश्र, सिता भण्डारी, माधव थापा, अनुुज अधिकारी लगायतले रचना वाचन गर्नुुभएको थियो ।
कविता प्रतियोगिता अघि बुधवार विहान बेसीशहरको मनाङे चौताराबाट पुरानो बंैक चोक, भिमसेन स्थान, नारायण स्थान हँुदै सेरा स्थित प्रकृति नारी समाजको भवनसम्म प्रभातफेरी गरिएको । जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार बासुदेव सेढाईले पर्यावरणीय सन्तुलन कायम राख्न वृक्षरोपणको महत्वपूर्ण भुमिका रहेको वताउनुभयो ।
प्रकृतिको संरक्षण, स्वच्छ वातावरण, जीवजगतको रक्षा र पृथ्वी बचाउ अभियानको सन्देश दिन प्रत्येक मानिसले आफ्नो शुभ जन्मदिनको अवसरमा न्युनतम एउटा विरुवा रोप्ने प्रचलन स्थापित गर्न जन्मदिनमा वृक्षरोपण अभियान संचालन गरेको अभियान्ता सेढाईले बताउनु भयो । कार्यक्रमको सञ्चालन अभियान्ता राजुु गुुरुङले गर्नुुभएको थियो ।