
लमजुङमा फुटबलको क्षेत्रमा अग्रणी क्लबका रुपमा स्थापित त्रिवेणी क्लबले गत वर्षको पुस महिनामा सञ्चालन गरेको ३१ औं त्रिवेणी कपको आन्तरिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमका बिच उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।
बेसिशहर नगरपालिका प्रमुख गुमानसिह अर्यालको प्रमुख आतित्यथामा भएको कार्यक्रममा क्लबका सहकोषाध्यक्ष सुमन श्रेष्ठले आय ब्यय प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।प्रतिवेदनमा गत वर्षको मौज्दात रकम ३३ लाख १७ हजार ८५८ रहेको, यो वर्ष कुल आम्दानी ७५ लाख ९८ हजार ४३७ रहेको बताउनुभयो । उहाँका अनुसार सो आम्दानी सरकारी निकाय, प्याराफिट टिकट विक्री, रसिद आम्दानी, वैदेशिक सहयोग र टिम दर्ता शुल्कबाट प्राप्त भएको हो ।
यसैगरी, खर्चतर्फ ५७ लाख ८१ हजार २०७ रुपैयाँ रहेको श्रेष्ठले बताउनु भयो । सो अबसरमा बोलकबोल गरेको रकममा सरकारीतर्फ १० लाख रुपैयाँ र अन्य रकममा एक लाख १५ हजार १ सय ११ रुपैयाँ उठ्न बाकी रहेको क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभएको छ ।
कार्यक्रममा बेसिशहर नगरपालिका वडा न ९ का वडाध्यक्ष खुशिजङ गुरुङ, ७ वडाध्यक्ष ऋषिराम बस्नेत, वडा न १० वडाध्यक्ष गंगाबहादुर थापा, क्लबका सस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारी, पुर्व अध्यक्ष बिनोद गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबलाई सहयोग गर्ने सबै दाताहरूलाई सम्मानपत्र प्रदान गरी गरिएको थियो ।

त्रिवेणी क्लबका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष टेकजङ्ग गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव प्रवीण वाग्लेले गर्नु भएको थियो ।
लमजुङ बेसिशहरमा रहेको त्रिबेणी युवा क्लबले हरेक बर्ष जिल्लामै सर्वाधिक राशिको पुरस्कारको फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।