समाचार

यशोब्रह्म माविको ६३ औं वार्षिकोत्सव तथा ६२ औं अभिभावक दिवस सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा रहेको यशोब्रम्हा माध्यमिक विद्यालयको ६३ औँ बार्षिक उत्सव तथा ६२ औं अभिभावक दिवस सम्पन्न भएको छ । सोमवार आयोजित वार्षिकोत्सव समारोहको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्नुभएको थियो । वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री पौडेलले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने वताउनुभयो । बालमैत्रि शैक्षिक वातावरण निमार्णको लागि समुदायमा रहेका हरेक व्यक्तिहरु जिम्मेवार वन्नुपर्नेमा उहाँको जोड थियो… पुरा पढौ

जिल्ला अस्पतालमा मेडिकल आई.सि.यु र इन्डस्कोपी सेवा थप भएपछि विरामीलाई सहज

लमजुङ जिल्ला अस्पतालमा पछिल्लो समय विभिन्न सेवाहरु थप भएपछि सुविधा पाउने भएपछि विरामीहरुलाइ सहज भएको छ । अस्पतालले हालै मात्रै इन्डस्कोपी सेवा र आई.सि.यु सेवा थप गरेपछि यो विरामीहरुलाई सहज भएको हो । २०४२ सालबाट सुरु भएको अस्पताल ४० वर्ष पछि गत असोज महिनादेखि मेडिकल आई.सि.यु कक्षको सुरुवात गरेको थियो । यो अवधिमा हालसम्म ३ सय ५० जनाले आई.सि.यु कक्षको उपयोग गरिसकेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा ५ वटा शैया आई.सि.यु सुरु गरेको थियो भने स्वास्थ्य मन्त्रालयको समन्वयमा जिल्ला… पुरा पढौ

आज माघे संक्रान्ति पर्व मनाइँदै

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य… पुरा पढौ

नेपालको शिक्षा नीति नै कमजोरः नगर प्रमुख अर्याल

लमजुङ मा.वि गाउँशहरको ७६ औं वाषिकोत्सव तथा ४१ औं अभिभावक दिवश विविध कार्यक्रमका साथ मनाईएको छ ।बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष कृष्ण बहादुर देउजाको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिहं अर्याल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले यो विद्यालय निकै पुरानो विद्यालय भएको र विभिन्न आरोह अवरोहहरु पार गर्दै अहिले स्थान सम्म आउनु सफलता रहेको बताउनुभयो । अन्य विकसित मूलकको तुलनामा नेपालको शिक्षा नीति नै कमजोर रहेको… पुरा पढौ

सुन्दरबजार नगरपालिकामा ६५ करोड ७६ लाख ७७ हजार विनियोजन

सुन्दरबजार नगरपालिकाको कूल वजेट ६५ करोड ७६ लाख ७७ हजार रुपैँया रहेको छ । सुन्दरबजार नगरपालिकाको शुक्रबार भएको १५ औँ अधिवेशनमा यस्तो जानकारी गराईको हो । जसमध्ये चालुतर्फ ५२ करोड १५ लाख १४ हजार रुपैयाँ रहेको छ भने पुँजीगततर्फ १३ करोड ६१ लाख विनियोजन गरिएको नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले प्रस्तुत गर्नुभएको कार्यसम्पादन वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । चालु र पुँजीगत रुपमा विनियोजन गरिएको रकम मध्येमा हालसम्म चालुतर्फ १३ करोड १० लाख ८१ हजार पुँजीगततर्फ १ करोड १२… पुरा पढौ

अमर मा.वि खुदीले मनायो ५८ औं वार्षिकोत्सव

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं ३ खुदीमा रहेको अमर माध्यमिक विद्यालयकोे ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवश विहिबार सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभाका सभाषद् जमिन्द्रमान घले रहनुभएको थियो भने कार्यक्रमको विषेश अतिथि मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ रहनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यमक तिर्थबहादुर बस्नेतलले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृता पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष दुधमान तामाङ, वडा नं ७ का… पुरा पढौ

शैक्षिक क्षेत्रको समस्या समाधान गर्न नयाँ शिक्षा ऐन आउँछ – पूर्वमन्त्री शंकर भण्डारी

शैक्षिक क्षेत्रमा व्यापक समस्या भएको हुँदा यिनको समाधानका लागि नेपाल सरकारले नयाँ शिक्षा ऐन ल्याउन लागेको पूर्वमन्त्री शंकर भण्डारीले बताउनु भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ सिउँडीबारमा रहेको फ्यूचर स्टार आवासीय माध्यामिक विद्यालयको ३१ औँ वार्षिकोत्सव तथा २९ औँ अभिभावक दिवसको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । २०२८ सालको शिक्षा नीतिले शैक्षिक क्षेत्रमा थप समस्या ल्याएको र शिक्षाको समस्या नै राष्ट्रिय समस्या भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका भण्डारीको भनाई छ ।… पुरा पढौ

प्याब्सन लमजुङको अध्यक्षमा ईश्वर पौडेल विजयी

निजी तथा आवासिय विद्यलालय अर्जनाईजेसन (प्याब्सन) लमजुङको अध्यक्षमा ल्याण्डस्टार बोर्डिङ स्कुल बेसीशहरका प्रिन्सिपल ईश्वर पौडेल विजयी हुनु भएको छ । विहिबार बेसीशहरमा भएको प्याब्सनको १२ औं अधिवेसनले पौडेलको संयोजकत्वमा ११ सदस्यिय कार्य समिति सर्वसम्वत रुपमा चयन गरेको हो । अध्यक्ष ईश्वर पौडेल नवगठित कार्य समितिको उपाध्यक्षमा यूनिभर्सल बोडिङ स्कुलका प्रिन्सिपल बिमल अधिकारी, सचिवमा भूपू सैनिक बोर्डिङका प्रिन्सिपल बिनोद गुरुङ, कोषाध्यक्षमा हिमचुली बोर्डिङका रामचन्द्र भण्डारी चयन हुनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा अर्थली प्याराडाइज बोर्डिङका प्रिन्सिपल उद्दब घिमिरे, प्रमोद अधिकारी, सागर चुडाल,… पुरा पढौ

लमजुङ प्रहरीद्वारा १ सय १२ थान हरियार बरामद

जिल्ला प्रहरी कार्यालय लमजुङले गैरकानुनी हातहतियार १ सय १२ थान बरामद गरेको छ । बरामद गरिएका हतियारमा एकनाले भरुवा बन्दुक, दुईनाले भरुवा बन्दुक र बारबोर हर्नेट रहेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय परिसरमा बरामद गरिएका उक्त हतियार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । ५ वर्षसम्म लगातार नवीकरण नगरेका हतियार स्वतः गैरकानुनी मानिने हुँदा यस्ता हतियार बुझाउन सूचना जारी गरिएको थियो । कतिपयले हामीलाई सूचना गरेर बुझाए भने कतिपय हतियार हामीले नै बरामद गरेको प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले… पुरा पढौ

प्रथम मध्यनेपाल महोत्सव सुरु, नेपालकै मध्यबिन्दु भानुभक्त घाँसी सम्वाद स्थल पर्यटनसँग जोडिने

उत्पादन पर्यटन प्रबद्र्धन स्थानीय कला संस्कृतिको उत्थान भन्ने नाराका साथ मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले लमजुङमा प्रथम मध्यनेपाल महोत्सव २०८१ सुरुभएको छ । उक्त महोत्सव पौष २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव सुरु हुनुअघि मध्यनेपालका विभिन्न स्थानबाट विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा सहितको ¥याली निकालिएको थियो । उद्योग वाणिज्य संघ दुईपिप्ले इकाईको आयोजना र मध्यनेपाल नगरपालिका संरक्षक रहेको उक्त महोत्सव मध्यनेपाल नगर प्रमुख रमेश पाण्डेले उदघाटन गर्नुभयो । नेपालकै मध्यबिन्दुमा रहेको दुईपिप्लेको ऐतिहासिकतालाई प्रचार प्रसार… पुरा पढौ