चिती साहित्य समाजको १५ औं स्थापनाका दिवसमा विभिन्न कार्यक्रम

-


     नयाँ दीप    
     माघ १६ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चितिमा रहेको चिती साहित्य समाजको आफ्नो १५ औं स्थापना दिवस एबं बार्षिकोत्सव विभिनन कार्यक्रमका साथ सम्पन्न भएको छ। बेसीशहर कार्किडाँडा बरबोटबेसीमा रहेको जनगागृति बिद्यालयमा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा बेसीशहर नगरपालिका वडा नं ११ भित्रका माध्यमिक र आधारभुत विद्यालयहरु विचमा सुशासनका लागि विद्यार्थीहरुको भुमिका विषयक कविता प्रतियोगितामा आयोजना गरिएको थियो । प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय उदिपुरकी छात्रा स्वस्तिका जोशि प्रथम ,जनजागृति आधारभुत विद्यालयका अरुण परियार द्धितीय, लोकराज आदर्श माध्यमिक बिद्यालयकी छात्रा सर्मिला तामाङ तृतीय र जनजागृति आधारभुत विद्यालयकी कृष्मा पन्त, जनकल्याण माध्यमिक बिद्यालय चितीकी सुजिता रेग्मी सान्वना भएका छन् । प्रतियोगिता सफल बिद्यार्थीहरुलाई स्व. प्रतापशाली ईश्वरी पन्त÷ मा पन्त स्मृति साहित्य पुरस्कार नगद र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञा सभा सदस्य प्रकाश तिवारीले आम जनमानसमा साहित्यको महत्व बुझाउन नसकिएकोले साहित्य प्रति उत्साह बढ्न नसकेको, बिषयवस्तुको गहिरो अध्ययन नहुनाले र त्यसको भाव सहज ढंगबाट बुझ्न नसकिने भएकोले पनि अन्य गित संगितमा जस्तो जमघट नहुने गरेको भन्दै यस्तो उत्थानका लागि सबै साहित्यिक व्यक्तितहरुले जोड दिनुपर्ने धारणा राख्नुभयो ।

चिति साहित्य समाजको स्थापना दिवशको अवसर पारी जनजागृति आधारभुत बिद्यालय परिसरमा बेलको विरुवा रोपिएको थियो । सो अवसरमा चिति साहित्य समाजका अध्यक्ष एबं जन्मदिनमा वृक्षरोपण अभियान नेपालका सल्लाहकार, जन्मदिनमा वृक्षरोपण स्व. प्रतापशाली ईश्वरी पन्त, अक्षयकोषका संरक्षक ज्ञानशाली पन्तले जन्मदिनमा वृक्षरोपण अभियान पर्यावरण संरक्षण र प्राणी जगतको हितका लागि सुरुवात भएको यो अभियानमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा कला र साहित्य मार्फत समाजमा योगदान गरेका व्यक्तित्वहरु चिति साहित्य समाजका पुर्ब अध्यक्ष स्थिर घिमिरे, रघुविर श्रेष्ठ, भक्तनिधि कमली, भवदत्त कमली, चिजा तिवारी र नव साहित्यकार सुदिप वि.क लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरु तेजनारायण अधिकारी, बेनबहादुर सुयँल, लक्ष्मीप्रसाद मिश्र, कमला दनाई, बसन्त अधिकारी, बासुदेव थापा, समाजसेवी लेखनाथ शर्मा, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र मगर, बिद्यालयका शिक्षक सुशिल न्यौपाने लगाएतले रचना वाचन र शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष ज्ञानशाली पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नेत्र केसीले स्वागत मन्तव्य, कोषाध्यक्ष बाबुराम पाण्डेले आयव्यय विवरण प्रस्तुत र सचिव सोविता रेग्मीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । जन्मदिनमा वृक्षरोपण अभियान नेपाल नर्सरी ब्यावस्थापक अमृत पाण्डे, सुमित्रा दवाडी, बिद्यालयका प्रधानाध्यापक बासु बाबु सिलुवाल लगाएतको उपस्थिति रहेको कार्यक्रममा बिद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।