
जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराको ११ महिनाको लमजुङ बसाई प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । लमजुङबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय दाङ जान लाग्नुभएका बोहराले शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
गत वर्ष फागुन महिनामा जिम्मेवारी सम्हालेका डीएसपी बोहराले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक–प्रहरी समन्वयलाई प्राथमिकतामा राखी काम गरेको जानकारी दिएका गराउनुभएको छ ।
सो क्रममा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका १ सय ७५ मुद्दामध्ये १ सय भन्दा बढी मुद्दा फछ्र्योट गरिएको छ । प्रहरीमा आएको ६ सय १५ ठाडो उजुरीमध्ये ६ सय १३ को समाधान गरिएको प्रहरीको दाबी छ । डिएसपि बोहराका अनुसार जेनजि आन्दोदनमा फरार रहेका ४८ जना कैदी बन्दीलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरि बुझाइएको छ । त्यस्तैगरी भकुन्डे, राइनासको हत्या कान्डमा पनि सफलतापूर्वक अरोपीलाई पक्राउ गरिएको डियसपी बोहराले बताउनुभयो ।
त्यस्तैगरी प्रहरीको सक्रियतामा अवैध हातहतियार नियन्त्रणतर्फ २ सय ६ थान अवैध हातहतियार बरामद गरिएको छ । जिल्लामा शान्ति सुरक्षाका लागि हालसम्म १४ वटा सीसी क्यामेरा जडान भइसकेका छन् भने थप ४ वटा जडान प्रक्रियामा रहेका छन् ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ३० वटा विद्यालयमा विद्यार्थीहरूलाई सुरक्षा, लागूऔषध दुरुपयोग नियन्त्रण र सचेतनासम्बन्धी कक्षा सञ्चालन गरिएको छ भने अबैध नदीजन्य उत्खनन् सवारी बाधन ५२ वटा पक्राउ गरी ६ लाख ६८ हजार जरिवाना रकम प्राप्त भएको डियसपी बोहराले बताउनुभयो ।
लमजुङ बसाईको कार्यकालमा डीएसपी बोहराले ३० वर्ष माथिका १७ जना पूर्व प्रहरी कर्मचारीहरूलाई घरघरमै पुगेर सम्मान गरिएको जानकारी दिए ।









