
लमजुङको बेसीशहरमा जारी नवौं लमजुङ महोत्सवमा अहिलेसम्म ३० हजार भन्दा बढीले अवलोकन गरेका छन् । माघ ८ गतेबाट सञ्चालन भएको लमजुङ महोत्सवको एक हप्तामा ३० हजारले अलोकन गरेका आयोजकले जनाएको छ ।
लमजुङ महोत्सव चलिरहेको २ दिन सम्म मौसम परिवर्तन भएर पानी परेपछि महोत्सवका केही कार्यक्रम समेत स्थगगित गरिएको थियो । यसका कारण योजना अनुसार सोचेको जस्तो कारोबार हुन नसकेको आयोजक लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो ।
स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन प्रवद्र्धन समग्र लमजुङको सम्वृद्धि भन्ने नाराका साथ नवौं लमजुङ महोत्सव २०८२ सुरु गरिएको हो ।
महोत्सवमा २ सय २० वटा व्यापारिक स्टल, प्रवेशद्वार, लण्डन ब्रिज र वाल उद्यानका संरचनाहरु निर्माण गरिएको छ ।
जिल्लाको स्थानीय व्यापार व्यवसाय सँगै कृषि, पर्यटन, जडीबुटी, हस्तकला, लोक कला, संस्कृति प्रवद्र्धन, स्थानीय प्रतिभा पहिचान गर्नुका साथै, कृषि, पशुपंक्षी, हस्तकला प्रदर्शनी, होमस्टे तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। महोत्सवमा झण्डै डेढलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सव माघ २० गतेसम्म सञ्चालन हुने छ ।









