राष्ट्रिय

भोटेकोशी बाढीपीडितका लागि प्याबसन लमजुङद्धारा १६ लाख ३१ हजार सहयोग

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्याब्सन लमजुङसँग आबद्ध विद्यालयहरूले १६ लाख ३१ हजार ४५ रुपैयाँ सहयोग गरेका छन्। प्याब्सन लमजुङले सार्वजनिक गरेको विवरणअनुसार विद्यालयहरूबाट संकलित १२ लाख ४७ हजार ६ सय ५५ रुपैयाँ प्याब्सन राहत कोषमा जम्मा भएको छ भने ३ लाख ८३ हजार ३ सय ९० रुपैयाँ सम्बन्धित राहत कोषमा सिधै जम्मा गरिएको छ। प्याब्सनको राहत कोषमा सबैभन्दा बढी युनिभर्सल एकेडेमी, बेसीशहर–७ ले ३ लाख ५० हजार ४ सय ६८… पुरा पढौ

भोटेकोशी बाढीपीडितलाई लमजुङ सुनचाँदी व्यवसायी संघको १ लाख ४१ हजार सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि लमजुङ सुनचाँदी व्यवसायी संघले १ लाख ४१ हजार १ सय २५ रुपैयाँ सहयोग गरेको छ। संघका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत ३६ हजार रुपैयाँ र जिल्ला संघको तर्फबाट १ लाख ६ हजार १ सय २५ रुपैयाँ गरी कुल रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। संघले बुधबार नेपाल बैंकमार्फत सहयोग रकम कोषमा जम्मा गरी त्यसको भौचर लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरेको जनाएको छ। बाढीपहिरोमा परी ज्यान… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि बमबहादुर विश्वकर्मा परिवारको १ लाख १० हजार सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि लमजुङका सुनचाँदी व्यवसायी बमबहादुर विश्वकर्मा परिवारले १ लाख १० हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्। जय लक्ष्मी सुनचाँदी पसलका सञ्चालक विश्वकर्मा, उनकी श्रीमती गंगादेवी विश्वकर्मा तथा परिवारका तर्फबाट राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो। सहयोग रकम जम्मा गरेको बैंक भौचर परिवारका तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरिएको विश्वकर्माले जानकारी दिए। देश नै शोकमा डुबेको विपद्को अवस्थामा बाढी तथा पहिरोपीडितलाई केही… पुरा पढौ

जेनजी शहीद दिवसमा गाउँसहर दरबारमा दीप प्रज्वलन

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा घोषणा गरेको छ। सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेंसीशहर नगरपालिका–३ वडा कार्यसमितिले लमजुङको ऐतिहासिक गाउँसहर दरबार परिसरमा दीप प्रज्वलन गरेको छ। दीप प्रज्वलनमार्फत जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो। कार्यक्रममा गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायसँग आग्रहसमेत गरिएको छ। बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा सकुशल… पुरा पढौ

जलविद्युत् आयोजनामा खोजी तीव्र, टनेलदेखि भग्नावशेषसम्म छानबिन

काठमाडौं । भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य मंगलबार पनि तीव्र पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधिसहितका संयुक्त टोलीले रसुवागढी, रसुवा भोटेकोशी, लाङटाङ, चिलिमे तथा त्रिशूलीका विभिन्न आयोजनामा खोजी गरेका छन्। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको रोंगास्थित केबल टनेलमा ड्रोनमार्फत खोजी गर्दा एक शव फेला परेको सेनाले जनाएको छ। चिलिमे आयोजनाको टनेलभित्र विन्च र बकेटको प्रयोग गरी भग्नावशेष हटाउँदै खोजी भइरहेको छ। टोली टनेलभित्र करिब ११५ मिटरसम्म पुगेको छ।… पुरा पढौ

जेन–जी आन्दोलनको एक वर्ष: पुनर्निर्माणसँगै फेरिँदै संरचना, सुशासनको सवाल उस्तै

गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको छ। आन्दोलनले नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा ठूलो परिवर्तन ल्याउनुका साथै सरकारी, सार्वजनिक तथा निजी संरचनामा समेत ठूलो क्षति पुर्‍याएको थियो। दुई दिनको घटनामा ७६ जनाले ज्यान गुमाएका थिए। एक वर्षपछि आन्दोलनका क्रममा भत्किएका, तोडफोड भएका र आगजनीबाट क्षतिग्रस्त संरचनाहरू क्रमशः पुनर्निर्माण र मर्मत भइरहेका छन्। कतिपय सरकारी कार्यालय पुनः सञ्चालनमा आइसकेका छन् भने केही महत्वपूर्ण संरचनाको पुनर्निर्माण अझै जारी छ। सरकारी अध्ययनअनुसार आन्दोलनका क्रममा देशभर… पुरा पढौ

कृष्णभीरको सडक ८–१० दिनभित्र सञ्चालनमा आउने, लमजुङ–काठमाडौं यात्रुलाई अझै सास्ती

भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड ८ देखि १० दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक सञ्चालनमा आएपछि लमजुङ–काठमाडौं आवतजावतमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको छ। लमजुङका सांसद धर्मराज केसीसहित पूर्वाधार विकास समितिको टोलीले कृष्णभीर पुगेर क्षतिग्रस्त सडक र निर्माण भइरहेको नयाँ ट्रयाकको अनुगमन गरेको छ। अनुगमनका क्रममा प्राविधिकहरूले नयाँ ट्रयाक निर्माण, जोखिमयुक्त भित्तो कटान तथा पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको र काम अपेक्षित रूपमा अघि बढे ८… पुरा पढौ

रसुवा बाढी: प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब पौने १२ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा रु। ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो। हाल विभिन्न नौ वटा वाणिज्य बैंकमा कोषको रु। ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ मौज्दात रहेको कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको रकममध्ये रसुवाका बाढीपीडितको राहत तथा व्यवस्थापनका लागि यसअघि नै रु। १ अर्ब… पुरा पढौ

भोटेकोशी बाढीः लमजुङका तीनसहित ४७ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनामा कार्यरत लमजुङका तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन्। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार लमजुङका तीनसहित आयोजनामा कार्यरत ४७ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा लमजुङ खुँदी–१ की ३४ वर्षीया रमिला भण्डारी, चितीका झपटबहादुर घर्ती र राधिका भुजेल रहेका छन्। भदौ १० गते राति भोटेकोशी नदीमा आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत कर्मचारी तथा कामदारहरूसँग सम्पर्क टुटेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि… पुरा पढौ

काजकिरिया सुरु भइसकेपछि ११औँ दिनमा चन्द्रिका जीवितै भेटिइन्, टनेलबाट चिनियाँ नागरिकको पनि उद्धार

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएपछि आठ दिनसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेकी ६४ वर्षीया चन्डिका श्रेष्ठ जीवितै भेटिएकी छन्। नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले आनन्द श्रेष्ठको बाढीले पुरिएको घरबाट ४ तले घरको चौथो तलाबाट उहाँकी श्रीमती श्रेष्ठको जीवितै उद्धार भएको छ । सकुशल उद्धार गरेको हो। काजकिरिया चलिरहेकै बेला उनी जीवितै भेटिएपछि परिवारमा अविश्वसनीय खुसी छाएको छ। बाढीपछि हराइरहेकी श्रेष्ठलाई घरभित्रबाट उद्धार गरिएसँगै लामो… पुरा पढौ