
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि लमजुङ सुनचाँदी व्यवसायी संघले १ लाख ४१ हजार १ सय २५ रुपैयाँ सहयोग गरेको छ।
संघका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत ३६ हजार रुपैयाँ र जिल्ला संघको तर्फबाट १ लाख ६ हजार १ सय २५ रुपैयाँ गरी कुल रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
संघले बुधबार नेपाल बैंकमार्फत सहयोग रकम कोषमा जम्मा गरी त्यसको भौचर लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरेको जनाएको छ।
बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्को समयमा राहतका लागि सहयोग गर्ने जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीप्रति संघले आभार व्यक्त गरेको छ।









