
फोटो एआइ बाट निर्माण
लमजुङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शुक्रबार बिहान बेसीशहर नगरपालिका ११ रामचोक बेसीस्थित उदिपुरबाट रामचोक बेसीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ प ०१६९ नम्बरको मोटरसाइकलले पैदलयात्री ७४ वर्षीया महनीदी सेढाईलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी सेढाईलाई उपचारका लागि प्रदेश अस्पताल बेसीशहर ल्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय बिकेश तामाङ घुँडा तथा छातीमा भित्री चोट लागेर उपचाररत रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।










