राइनासमा गाई पालक किसानलाई काउम्याट वितरण

-


     सुबास मजाकोटी     
     जेठ २ गते २०८१ मा प्रकाशित


लमजुङको राइनास नगरपालिका कृषि विकास शाखा तथा पशुपन्छी विकास शाखाले बुधबार गाई पालक किसानलाई काउम्याट र चापकटर वितरण गरेको छ । राइनास नगरपालिका भित्र रहेका व्यवसायिक गाई पालक किसानहरु मध्ये छनोट गरि काउम्याट चापकटर ५० प्रतिशत अनुदानमा प्रदान गरेको हो ।

काउम्याट अर्थात गाईलाई ओछ्याउने म्याटले गाईलाइ गोठमा बस्दा, उठ्दा लाग्ने चोटबाट जोगाउने, चिसोबाट बचाउने साथै दुधाालु गाईको दुध उत्पादन क्षमतामा बृद्धी हुने बताइएको छ । चापकटरले घाँस पराललाई मसिनो बनाएर काट्ने हुदा खेर नजाने र गाईवस्तुले राम्रोसगँ खान सक्ने हुदाँ किसानलाई दोहोरो फाइदा पुग्ने बताइएको छ ।

काउम्याट प्राप्त गर्ने किसानहरुमध्ये राइनास नगरपालिका वडा नं ६ का अमलराज बिशुराल, दिनेश पाण्डे लगाएतका किसानहरु रहेका छन् ।

किसान अमलराज बिशुरालले विगत एक वर्षदेखि राइनास ६ धमिलिकुवामा अमलराज पशुपन्छ तथा कृषि फर्म सञ्चालन गर्दै आउनुभएको छ । ६ लाख लगानिबाट सुरु गर्नुभएको गाईफार्ममा अहिले साना ठूलागरि १० ओटा गाई रहेका छन् ।

गाईपालन व्यवसायबाटै उहाँले मासिक १ लाख ७५ हजार सम्म आम्दानी गर्ने गरको बताउनुभयो । उत्पादित गाईको दूध राइनास मै रहेको सूजल डेरी र डिडिसि डेरीमा खपत हुँदै आएको पनि सुनाउनुभयो । साथै उहाँले पहिलो पटक आफूले अनुदानमा सामाग्री पाएको बताउदै खुशि व्यक्त गर्नुभयो ।

तेस्तै अर्का कृषक दिनेश विलास पाण्डेले पनि विगत १ वर्षदेखि नै यस क्षेत्रमा देब पशुपन्छि तथा कृषि र्फाम सञ्चालन गर्दै आउनुभएको छ । ५ वर्ष विदेशमा श्रम गरेर अहिले गाईपालन व्यवसायमा गाँउमै रमाइरहेको पाण्डे बताउनुहुन्छ । उहाँको गाईर्फाममा हाल तिनओटा गाई रहेको र मासिक दूध विक्रिबाट ९० हजार सम्म आम्दानी लिइरहेको उहाँले बताउनुभयो ।

राइनास नगरपालिका पशुपन्छी विकास शाखाका प्रमूख शिवबाबु देबकोटाले किसानहरुलाई थप सहज र सरल रुपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा लिनुभएको छ ।

सो सामाग्री वितरण कार्यक्रममा राइनास नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल, कृषि शाखा प्रमुख पवन ढकाल लगाएत किसानहरुको उपस्तिथि रहेको थियो ।