
लमजुङको बेसिशहर नगरपालिका वडा न ६, तल्लो मकैडाडाका २० बर्षिय हरिराम रिमाल बिगत एक हप्ता अघिदेखि बेपत्ता भएका छन् । गत बैशाख २८ गते शुक्रबार घरबाट बडागाँउमा रहेको साथीको घरमा बस्न जान्छु भनेर हिडेको र त्यो बेलादेखि सम्पर्क विहिन भएका हुन् ।
रिमाल आफ्नो घर नजिकै रहेका काकाको घरमा राती सुत्न जाने गरेका थिए । काका र उनको छोरा समेत विदेशमा गएकाले घरमा उनको काकी पदमा रिमाल र हजुरबुबा बस्दै आएका छन् । बैशाखको २८ गते राती १० बजेतिर बडागाउँमा रहेको साथीको घरमा जाने भन्दै गाउँकै साथी दिनेश रिमाललाई बैैलौति विसौनाको पुलसम्म लगेका थिए । भोली विहान ५ बजे नै घरमा आइपुग्छु भन्दै साथीलाई फर्काइदिएका हरिराम विहान वितिसक्दा पनि घरमा नआएपछि खोजी कार्य सुरु गरिएको उनको परिवारले जनाएको छ ।
बडागाउँमा गएर पटक पटक खोजी गर्दा पनि कुन साथीको घरमा गएको हो भन्ने सम्म पनि पत्ता लगाउन नसकिएको बताइएको छ । आफ्नो आफन्त, जताततै खोजी कार्य गरेपनि हराएको ८ दिन वितिसक्दा समेत कुनै पत्ता लाग्न सकेको छैन । हराएको साझ ६ बजेदेखि नै उनको मोवाइबाट बाहिर फोन गरेको नदेखिएको उनको परिवारको भनाई छ ।
प्रहरीले पनि खोजी कार्य जारी राखेको छ । कहि कतै देखभेट भएमा सम्पर्क गरिदिन र खोजि कार्यमा सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।
सम्पर्क ः अनिल– ९८६२५७३६६६, अमृत – ९७४२४७५९८३