
लमजुङको दोर्दी गाउँपालिका स्थित किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–४ जीतौरेका २६ बर्षिय बिकास गुरुङको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा मृत्यु भएको
बिकास गुरुङ र उनका साथी राम्रो सँग बोलचाल गर्न नजान्ने २८ बर्षिय पन्चराम गुरुङ मिलेर किसेदी खोलामा माछा मार्न गएका थिए । स्थानीय बिन बहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा राती करिब १ बजेतिर बिकासको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चपाईले बताउनुभयो ।
मृत्यु भएको खबर आइतबार बिहान साढे ५ बजेमात्र प्रहरीलाई जानकारी आएको थियो । जानकारी लगत्तै जिल्लाबाट प्रहरी निरिक्षक चपाईको कमाण्डमा ५ जनाको प्रहरी टोली घट्नास्थल पुगेको थियो ।
पन्चरामलाई केहि नभएको र बिकासको शव बिहान ९ बजे पोष्टमार्टमको लागी लमजुङ अस्पताल बेसीशहर ल्याइएको थियो । आइतबार दिउँसो नै शब पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको प्रहरी निरिक्षक चपाईले बताउनुभयो ।