जवर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रकाउ

-


     नयाँ दीप    
     वैशाख २९ गते २०८१ मा प्रकाशित


लमजुङको मध्यनेपालमा किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रकाउ गरिएको छ ।
मध्यनेपाल नगरपालिका ७ का ४६ वर्षिय नवराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

सुस्त मनस्थितिकी १४ वर्षिया किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घिमिरेविरुद्ध जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ । बिहीबार दिउँसो साढे ३ बजेतिरको समयमा पसलबाट फर्किएर जंगलमा एक्लै हिँडिरहेकी किशोरीलाई पछ्याउँदै जंगलमा पुगेर जवर्जस्ती करणी गरेको आरोप घिमिरेमाथि लागेको छ ।

घटनाबारे स्थानीयवासिन्दाले थाह पाएपछि घिमिरे भागेको र पीडित परिवारले प्रहरीमा खबर गरेका थिए । परिवारले दिएको जानकारी अनुसार खोजतलासका क्रममा लुकिछिपी हिँडिरहेको अवस्थामा घिमिरेलाई विहिबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार घिमिरेविरुद्ध जवर्जस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ । घटनाको अनुसन्धानका क्रममा ती किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लमजुङ प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका– ७ चिसाङ्कु घर भएका ४६ वर्षीय नवराज घिमिरे रहेका छन् ।

घिमिरेले ती किशोरीलाई सोही ठाउँस्थित भिरबारी जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरेलाई जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा शुक्रबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।