राष्ट्रिय

डिउटीमा रहेका डाक्टर वडाध्यक्षबाट कुटिए

लमजुङको जिल्ला अस्पताल बेसीशहरमा डिउटीमा रहेका डाक्टर वडाध्यक्षबाट कुटिएका छन् । गएराती ११ बजे जिल्ला अस्पताल पुगेका बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले अस्पतालको वार्डस्थित नर्सिङ स्टेशनमा खटिएका डाक्टर सन्दीप अधिकारीलाई कुटेका हुन् । सोमबार साझ पत्रकार सम्मेलन गरी अस्पताल व्यवस्थापन समितिले उक्त घटनाको सार्वजनिक गरिएको हो । सो असवरमा आमाको उपचारका लागि अस्पताल पुगेका वडाअध्यक्ष बस्नेतलाई बिरामी भर्नाका लागि मञ्जुरी नामा गर्न डाक्टरले सुझाव दिँदा, उनले मञ्जुरीनामा गर्न इन्कार गरेका बस्नेतले यसै विषयमा विवाद हुुँदा ड्युटीमा खटिएका डाक्टरमाथि… पुरा पढौ

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा व्यापारमा खुल्यो नयाँ बन्दरगाह

काठमाडौँ । चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग खुलाएका हुन् । कोरला नाका नजिक बनेको बन्दरगाह सञ्चालनमा आएसँगै चीनसँगको व्यापारमा प्रयोग हुने मुख्य व्यापारिक मार्गको सङ्ख्या तीन पुगेको छ । नेपाल–चीनबीच हाल तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका छन् । यो सूचीमा निकट भविष्यमै समुन्द्री सतहबाट ४६ सय मिटरको उचाइमा रहेको लिजी बन्दरगाह थपिएको हो । चिनियाँ पत्रकार शेन शिवेइका अनुसार… पुरा पढौ

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का विजयी भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् । क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् । खड्का ११ मतान्तरले विजयी भएका हुन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का… पुरा पढौ

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता

काठमाडौँ — चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार शनिबार चीनको हाङचाउमा उनीहरूबीच औपचारिक भेटवार्ता भएको जानकारी दिएको छ । हाङचाउ सहरमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शनिबार अमेरिकाको न्युयोर्कबाट चीन पुगेका हुन् । शनिबार चीनको हाङचउ विमानस्थलमा प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं… पुरा पढौ

सरकारी शिक्षक सरकार विच सहमति (६ बुँदे सहमति सहित)

 काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच  सहमति भएको छ।   शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ ।  सहमति अनुसार सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको छ । सरकार र शिक्षक महासंघवीच शुक्रबार भएको सहमति अनुसार शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको हो । शिक्षकहरुको दश–दश वर्षमा आवधिक बढुवा हुने भएको छ । जसमा मावि तहका शिक्षकको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्षको सेवा कायम गर्ने सहमति भएको छ । आन्दोलनरत शिक्षक र सरकारबीच… पुरा पढौ

कोटीहोमको निमन्त्रणा दिन रथ यात्रा लमजुङमा

राष्ट्रिय कोटीहोम रथ यात्रा लमजुङकोे बेसीशहरमा आई पुगेको छ । देशका ३८ वटा जिल्लाको यात्रा सकेर रथ यात्रा विहिबार लमजुङ आइपुगेको हो ।विश्व हिन्दु महासंघ लमजुङको संयोजनमा बैदिक सनातन धर्म संस्कृतिको संरक्षण गरौं, विभिन्न जातजाती र धर्म संस्कृति बीच समन्वय र सद्भाव कायम गरौं भन्ने नारा सहित सदरमुकाम बेसीशहरमा रथ यात्रा कार्यक्रम गरिएको छ ।बाजागाजाका साथमा सुरु गरिएको कार्यक्रममा ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय बेसीशहर, राधा गोविन्द परिवार बेसीशहर, लमजुङ नेवा खल लगायत विभिन्न आमा समूहहरुले रथ यात्रामा कलश र व्यानसर… पुरा पढौ

काठमाडौंमा शिक्षकहरुको बिशाल शक्ति प्रदर्शन

काठमाडौं- शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको प्रदर्शनमा बुधबार देशका विभिन्न स्थानबाट आएका शिक्षकहरु सहभागी भएका छन् । बिहान ११ बज्दा नबन्दै माइतीघरमण्डलमा जम्मा भएका शिक्षकहरुले बानेश्वरसम्म बृहत् सडक प्रदर्शन गरेका हुन्। संघीय संसद भवन वरपर निषेधित क्षेत्र घोषणा गरेकाले प्रहरीले उनीहरुलाई नयाँबानेश्वरमा रोकेको थियो । शिक्षकहरुको प्रदर्शनका कारण दिनभरजसो तीनकुने माइतीघर सडकमा यातायात अवरुद्ध भयो । साँझ शिक्षकहरु आआफ्नो बासस्थानतिर लागेपछि सडक त सञ्चालनमा आयाे, तर शिक्षकहरुको आन्दोलन कहिलेसम्म हो टुंगो छैन । विद्यालय… पुरा पढौ

जिल्ला न्यायाधीश जन्मदिनमा वृक्षारोपण कार्यक्रममा सरिक

लमजुङ जिल्ला अदालतमा कार्य न्यायाधीश शिवप्रशाद खनाल जन्मदिनमा वृक्षारोपण कार्यक्रममा सरिक हुनुभएको छ। असाेज ३ गते परेको शुभ जन्मदिनको अवसरमा जिल्ला अदालत लमजुङ परिसरमा कपुरकाे विरुवा राेपेर न्यायाधीश खनालले अभियानमा ऐक्यबद्धता जनाउनुभएकाे हाे। वृक्षारोपण पछि न्यायाधीश खनालले यस अभियान उत्कृष्ट र रचनात्मक रहेको बताउनुभयो । वृक्षारोपण कार्यक्रममा जलवायु परिवर्तनकाे असरले पृथ्वीमा पारेको प्रभाव न्युनिकरण, प्राणी जगतको रक्षाका लागि अभियान महत्त्वपूर्ण रहेकोले अभियानमा सधैंभरी आफ्नो साथ र सहयोग निरन्तर रहने धारणा उहाँले ब्यक्त गर्नुभएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण अभियन्ताहरुलाई पवित्र… पुरा पढौ

संविधानले आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताएका छन् राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र… पुरा पढौ

संविधान बनेको ८ वर्ष पूरा

संविधानसभाबाट संविधान जारी भएको बुधबार आठ वर्ष पूरा भएको छ । तर, संविधान कार्यान्वयनका लागि महत्वपूर्ण सबै कानुन अझै निर्माण हुन सकेका छैनन् । ३ असोज ०७२ मा संविधान जारी भएको हो । विशेष गरी संविधानले अँगालेको संघीयता कार्यान्वयनसम्बन्धी कानुन लामो समयसम्म निर्माण नहुँदा व्यवस्थाप्रति नै नागरिकका गुनासा छन् । संसद् सत्ता राजनीतिको दाउपचे गर्ने थलो हुँदा कानुन निर्माण ओझेलमा पर्ने गरेका छन् । सरकारी तथ्यांकअनुसार संविधान निर्माणपछि एक सय ९१ वटा ऐन निर्माण भएका छन् । यसमा केही नेपाल… पुरा पढौ