हरिबोधनी एकादशीका अवसरमा विभिन्न ठाउँमा मेला महोत्सव

-


     नयाँ दीप    
     कार्तिक २७ गते २०८१ मा प्रकाशित


आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । लमजमुङ जिल्लाको विभिन्न ठाउँमा ठूलो मेला लागेको छ । जिल्लाको पाउँदी, खुदी, सिसाघाट, बेसीशहरको कर्पुरेश्वर लगायतका ठाउँमा एकादशी मेला लागेको हो ।

हरिबोधनी एकादशी पर्वको अवसरमा अवसरमा पारी मर्स्याङदी नदीमा बाजागाजा तथा भजन किर्तन गर्दै फूलको डोली तथा फूलको डोरी तारिएको छ ।

बेसीशहर

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको भन्ने विश्वास गरिन्छ ।

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ।

खुदी

चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने चलन रहेको छ।

सिसाघाट

हरीबोधनी एकादशीको अवसरमा मस्र्याङदी गाउँपालिकाको खुदीमा दोस्रो मर्स्याङदी महोत्सवको आयोजना गरिएको छ ।