
लमजुङ प्रहरीले सदरमुकाम बेंसीसहरबाट नियन्त्रित लागुऔषध बिक्री वितरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
बेंसीसहर नगरपालिका–१० घर भएका २७ वर्षीय उमेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–८ सिमलचौर घर भएका २६ वर्षीय खुमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
हाल बेंसीसहर नगरपालिका–७, सातविसे बस्दै आएका उनीहरुलाई आफै बस्ने कोठाबाट लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेको २ जना युवकको साथबाट ट्रमाडोल ३ सय ५३ क्याप्सुल (३५ पत्ता) र नगद ३५ हजार ४ सय ३० बरामद गरिएको जिल्ला प्रहरी प्रमुख निशान्त श्रीवास्तवले बताउनुभयो ।
पक्राउ परेको २ जना युवकलाई सोमबार जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।









