बालिका करणी गर्ने युवा पक्राउ

-


     भरत बाबु घिमिरे    
     कार्तिक १४ गते २०८१ मा प्रकाशित


लमजुङकोे मर्स्याङदी गाउँपालिकामा एक बालिकालाई जवरजस्ती करणी गरी फरार रहेका एक युवालाई प्रहरीले प्रकाउ गरेको छ ।

मर्स्याङदी गाउँपालिका वडा नं. २ घर भएका भक्त बहादुर गुरुङलार्ई मंगलबार राती प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङद्धारा बिशेष खोजतलास गर्ने क्रममा मगंलबार राती करिब ९ बजे कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३२ तल्लो गगनगौडामा लुकीछिपि बसेको अवस्थामा गुरुङलाई पक्राउ गरिएको हो ।

गुरुङ बर्ष १२ की बालिकालाई २०८० फागुन २४ गते जबरजस्ती करणी गरी फरार रहेका थिए । अभियुक्त गुरुङलाई पक्राउ गर्नको लागि लमजुङ जिल्ला अदालतले मिति २०८१ जेठ ४ गते पक्राउ अनुमती दिएको थियो ।

पक्राउमा परेका गुरुङलाई लमजुङ जिल्ला अदालतबाट जवर्जस्ती करणी सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाईको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक टुल बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।